onlinekhelkhabar.com

Complete website for Nepali Sports News

बंगलादेशविरुद्ध नेपालले सुरुमा ब्याटिङ गर्ने

काठमाडौं ( अनलाइन खेलखबर ) | बंगलादेशमा जारी ईमर्जिङ एसिया कपको समूहको अन्तिम खेलमा अहिले नेपालले आयोजक बंगलादेशसँग भिड्दै छ ।

समूह`बि´ मा रहेका नेपाल र बंगलादेशको आजको खेलमा नेपालले सुरुमा ब्याटिङ गर्ने भएको छ । खेलमा टस जितेर घरेलु टोली बंगलादेशले सुरुमा फिल्डिङ रोजेपछी नेपालले सुरुमा ब्याटिङको निम्तो पाएको हो ।

आजको खेल यस अर्थमा महत्वपूर्ण रहेको छ कि आजको खेल यदि नेपालले जितेको खण्डमा नेपालले सेमिफाइनल यात्राको नजिक पुग्नेछ ।

पहिलो खेलमा भारतसँग पराजित नेपालले दोस्रो खेलमा हङकङलाई पराजित गरेको थियो तसर्थ सेमिफाइनल पुग्न आजको खेल नेपालले जित्नै पर्ने दबाब रहेको छ । होईन भने आज नेपालको प्रतियोगितामा अन्तिम खेल हुनेछ ।

नेपालले जित निकाल्न आबस्यक छ भनिरहदा नेपालले बंगलादेशलाई पराजित गर्न फलामको चिउरा चपाएको जस्तो हुनेछ ।

यस प्रतियोगिताका लागी बलियो टिम र राष्ट्रिय टिमबाट वर्तमान अवस्थामा पनि राम्रो गरिरहेका खेलाडीलाई उत्रारेको बंगलादेश आजको खेलमा पक्कै हाबी हुनेछ त्यसमा दुईमत छैन ।

तर नेपालले सकारात्मक भएर खेल्न जरुरी छ नेपाललाई एकदिवसिय मान्यतालाई पनि प्रमाणित गर्न आजको खेलले ठुलो भूमिका राख्छ , क्षमता मापनपनि यस खेलबाट पक्कै हुनेछ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *