सगरमाथा`ए´ ले उचाल्यो रिचा स्मृति क्रिकेट प्रतियोगिताको उपाधि
काठमाडौं ( अनलाइन खेलखबर ) | अष्ट्रेलियामा भएको रिचा स्मृति क्रिकेट प्रतियोगिताको उपाधि सगरमाथा क्रिकेट क्लब` ए´ ले उचालेको छ ।
आइतबार भएको प्रतियोगिताको फाइनल खेलमा रोयल राइनोज क्रिकेट क्लब `ए´ लाई ४१ रनले पराजित गर्दै सगरमाथा `ए´ प्रतियोगिताको च्याम्पियन बनेको हो ।
खेलमा टस हारेर सुरुमा ब्याटिङ गरेको सगरमाथा `ए ´ले निर्धारित २० ओभर पुरै खेल्दै ७ विकेट क्षतिमा १ सय ४४ रन बनाएको थियो ।
सगरमाथाका लागी दीपेन रायमाझीले सर्बाधिक ३० रनको योगदान गरे भने विवेक श्रेष्ठले २५ रन तथा राज गुरुङले २१ रन जोडेका थिए ।
बलिङतर्फ रोयल राईनोजका निरञ्जन, भिष्म र पुकारले समान २ /२ विकेट लिएका थिए ।
त्यसपछि १ सय ४५ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको रोयल राइनोज क्रिकेट क्लब `ए´१८.३ ओभरमा अल आउट हुँदै १ सय ३ रनमा सिमित हुन पुगेपछी खेल सगरमाथाले आफ्नो पक्षमा पार्दै प्रतियोगिताको उपाधि आफ्नो नाममा लेखाउँन सफल भयो ।
रोयल राईनोजका लागी चन्द श्रेष्ठले सर्बाधिक २७ रनको योगदान गर्दा निरज श्रेष्ठले २४ रन र मोहन पुनले १९ रन जोडेका थिए ।
बलिङतर्फ सगरमाथा `ए´ का लागि अभिनास पौडेलले सर्बाधिक ४ विकेट हात पारे । आफ्नो स्पेलको ४ ओभर पुरै बलिङ गरेका उनले २४ रन खर्चेर उक्त विकेट लिएका थिए ।
त्यस्तै सुनित थापा र राज गुरुङले पनि समान २ /२ विकेट लिए ।
विजेता सगरमाथा` ए´ले १५ सय डलर प्राप्त गर्न सफल भयो । प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी सगरमाथा `ए´का दिपेन रायमाझी घोषित भए ।
भने सुनित सुयाल उत्कृष्ट बलर चुनिदा हुँदात्यस्तै प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान किरण कंडेल घोषित भए ।