onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सन्दिपको टिम कर्नाटकाले दियो बंगला टाईगर्सलाई ठुलो चुनौती

काठमाडौं ( अनलाइन खेलखबर ) | जोनसन चार्ल्स र कप्तान हसिम अमलाको उत्कृष्ट ब्याटिङमा सन्दिपको टिम कर्नाटका टस्कर्सले युएईमा जारी टि -१० लिगको आफ्नो दोस्रो खेलमा बंगला टाईगर्सलाई १ सय १५ को विजयी चुनौती प्रस्तुत गरेको छ ।

शेख जायद रंगशाला अबुधावीमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कर्नाटकाले निर्धारित १० ओभर पुरै खेल्दै मात्र १ विकेट गुमाएर १ सय १४ रन बनाएको छ ।

ओपनर ब्याट्सम्यान जोनसन र अमलाले टिमका लागि शानदार योगफलतर्फ पुर्याउन पहिलो विकेटका लागी ओपनीङ ९७ रनको साझेदारी गरेका थिए ।

८.२ ओभरमा पहिलो विकेटका रुपमा आउट भएका जोनसनले अर्धसतकिय पारी खेले । केभिनको बलमा क्याच आउट हुनअघि २९ बलको सामना गरेका उनले ४ चौका र ४ छ्क्काको मद्दतमा ५७ रन बनाए ।

यस्तै कप्तान अमलाले अबिजित रह्दै ४७ रनको योगदान गर्दा टिमले ठुलो योगफल खडा गर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्