टि – १० लिगमा पारसको टिम आबुधाविको पहिलो जित
काठमाडौं ( अनलाइन खेलखबर ) |नेपाली क्रिकेट टिमका पुर्व कप्तान तथा अनुभवी खेलाडी पारस खड्काको टिम अबुधावीले युएईमा जारी टि -१० लिगमा पहिलो जित हासिल गरेको छ ।
आईतबार भएको आफ्नो दोस्रो खेलमा टिम अबुधावीले नर्दन वारियर्सलाई ६ विकेटले पराजित गरेको हो । यसअघि अबुधावीले कलन्दर्शसँग बराबरी खेलेको थियो ।
खेलमा नर्दन वारिवर्सले दिएको सामान्य ९३ रनको लक्ष्यलाई आबुधाबीले ८. ३ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गरेको थियो ।
आबुधाबीलाई प्रतियोगितामा पहिलो जित दिलाउँने क्रममा लुक राइटले सर्बाधिक ४८ रनको योगदान गर्दा कप्तान मोइन अलीले ३० रन जोडेपछी आबुधावीलाई जितका लागी प्रयाप्त बन्यो ।
यता नेपालका पारसले १ बलको सामना गर्दै १ रनमा अविजित रहे ।
बलिङतर्फ वारिवर्सका क्रिस ग्रीनले २ तथा मार्क डीएलले १ विकेट हात पारे ।
त्यसअघि शेख जायद रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नर्दन वारिवर्सले निर्धारित १० ओभर पुरै खेल्दै मात्र १ विकेट गुमाएर ९२ रन बनाएको थियो ।
वारिवर्सका लागि अबिजित रहदै आन्द्रे रसेलले ३७ तथा साम बिलिङ्सले पनि अविजित रहदै ३५ रन बनाएका थिए । यस्तै कप्तान सामीले १७ रनको योगदान गरेका थिए । सामी बेन लुन्घलिनको बलमा आउट हुन पुगेका थिए ।
जितसँगै समूह ‘बी’ मा रहेको टिम आबुधाबीले २ खेलमा ३ अंक जोड्दै समूहको दोस्रो स्थानमा रहेको छ ।
अब टिम आबुधावीले आफ्नो तेस्रो खेल सोमबार मरंथा अरिबियन्ससँग खेल्नेछ खेल नेपाली समय अनुसार बेलुका साढे ७ बजेपछी सुरु हुनेछ ।