
पाँचपोखरी सुपर-८ क्रिकेट प्रतियोगिताको तयारी पूरा
काठमाडौं ( अनलाइन खेलखबर ) | आउँदो मंसिर ११ देखि १४ गतेसम्म सिन्धुपाल्चोक जिल्लास्थित पाँच पोखरीमा हुन गईरहेको पाँचपोखरी सुपर-८ क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ ।
पाँचपोखरी थाङ्गपाल गाउँपालिका वडा नम्बर ६ धापमा जन्मिनु भएको पारा ओलम्पिक खेलाडी स्व .जित बहादुर खड्काको स्मृतिमा गरिदै आएको यस प्रतियोगिताको तयारी पूरा भएको आईतबार जेनिसिस क्याफे काठमाडौंमा पत्रकार सम्मेलन गरि आयोजकले जानकारी गराएको थियो ।
अघिल्लो दुई संस्करणलाई सफलताका साथ सम्पन्न गरेको आयोजक पाँचपोखरी क्रिकेट क्लबलाई यसपटक तेस्रो संस्करणका लागि भब्यताका साथ सफल गराउँन पनि सरकारी , गैरसरकारी संघसंस्था एवम ब्यक्तिगत रुपमा समेत साथ र सहयोग प्राप्त भईरहेको आयोजकले पत्रकार सम्मेलनका दौरान जानकारी गराएको थियो ।
देशको झन्डालाई छातीमा राखेर विभिन्न देशमा नेपालको नाम उच्च राख्न अतुलनीय योगदान पुर्याएका स्व. खेलाडी जितबहादुरको नाम जिवितै रहोस गुमनाश नहोस भन्ने हेतुका साथ यो प्रतियोगिता गरिदै आएको क्लबका संस्थापक अध्यक्ष तथा प्रतियोगिताका निर्देशक विजय कुमार धितालले पत्रकार सम्मेलनका क्रममा जानकारी गराएका थिए ।
यस्तै पत्रकार सम्मेलनमा अथितिका रुपमा नेपाल क्रिकेट संघ ( क्यान ) का सचीव अशोकनाथ प्याकुरेल , राष्ट्रिय खेलकुद परिषद ( राखेप ) का सिनियर प्रशिक्षक तथा महिला क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमटा , वरिष्ठ अम्पायर विनयकुमार झा , गण्डकी प्रदेश क्रिकेटका सचीव सुमनराज कार्की लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमका दौरान प्रशिक्षक जगत टमटा र क्यानका सचीव अशोकनाथ प्याकुरेलले प्रतियोगिताको सफलताका लागी सुभकामना दिएका थिए ।
भने क्यानका सचीव अशोकनाथ प्याकुरेलले सिन्धुपाल्चोक जिल्लामा यो किसिमको प्रतियोगिता गर्न लागेको पाउँदा आफुलाई खुशी लागेको र क्रिकेटलाई यो भेगसम्म पुर्याएकोमा आयोजकलाई धन्यवाद समेत प्रकट गरेका थिए ।
यस्तै आफ्नो महत्वपूर्ण धारणा राख्ने क्रममा उनले सिन्धुपाल्चोक जिल्लालाई क्यानको जिल्ला भित्र मापदण्ड पूरा गरेर आउन पनि आग्रह गरेका थिए ।
पछिल्ला दुई बर्ष लगातार आयोजना हुँदै आएको यस प्रतियोगिता आगामि बर्षहरुमा अझ बृहत तरिकाले निरन्तर गरिने पनि आयोजकले बाचा समेत गरेको छ ।
२०७२ सालमा गएको महा- भुकम्पको दौरान आफ्नो ज्यान गुमाएका स्व. खेलाडी जितबहादुर खड्काको स्मृतिमा भईरहेको यो प्रतियोगितालाई सफल पार्न सिन्धुपाल्चोकका क्रिकेट अभियन्ताहरु अजय कुमार धिताल, उत्सब धिताल , बिजय खत्री , राजन धिताल, अजय खत्री लगायतको उल्लेख्य भूमिका रहेको छ ।
प्रतियोगितामा कुल १२ टिमको सहभागिता रहने छ । जसलाई ४ समूहमा बिभाजन गरि प्रतियोगिता सन्चालन गरिने छ ।
समूह चरणबाट शिर्ष दुई टिम क्वाटरफाइनल पुग्नेछ्न । त्यसपछि सेमिफाइनल र फाइनल खेल हुनेछ ।
प्रतियोगितामा कुल ११ लाख लागत लाग्ने भनिएको छ भने प्रतियोगिताको विजेताले नगद ७५ हजार सहित ट्रफी , प्रमाणपत्र प्राप्त गर्दा उप – विजेताले ३५ हजार नगद सहित ट्रफी प्रमाणपत्र पाउँने छन ।
यस्तै प्रतियोगिताको एक जना उत्कृष्ट खेलाडीलाई नेक्सस क्रिकेट एकेडेमीको तर्फबाट भारतमा प्रशिक्षणको ब्यबस्था मिलाउने छ भने अन्य ३ उत्कृष्ट खेलाडीलाई पनि काठमाडौंमा रहेको ग्रेट हिमालय क्रिकेट एकेडेमीले प्रशिक्षण गराउने भएको छ ।