onlinekhelkhabar.com

Complete website for Nepali Sports News

टि -१० लिगमा पारस र सन्दिपको टिम आज खेल्दै : दुबैको अन्तिम-११ मा पर्ने प्रबल सम्भावना

काठमाडौं ( अनलाइन खेलखबर ) | युएईमा जारी टि -१० लिगमा आज नेपालका दुई खेलाडी रहेको टिम अबुधावी र कर्नाटका टस्कर्सको खेल आज रहेको छ ।

जसअन्तर्गत पारस खड्काको टिम अबुधावीले बेलुकी सवा ५ बजेपछि नर्थन वारियर्ससँग प्रतिष्पर्दा गर्दैछ । यसअघि पहिलो खेलमा कलन्दर्ससँग बराबरीमा रोकिएको आबुधावी आज पहिलो जितको खोजिमा रहने छ ।

यस्तै अर्का नेपाली युवा खेलाडी सन्दिप लामिछानेको खेल राती साढे ७ बजेपछि रहेको छ । शनिबार पहिलो खेलमा दिल्ली वुल्सलाई १९ रनले पराजित गरेको कर्नाटकाले आज बंगला टाईगर्ससँग खेल्नेछ ।

पहिलो खेलमा नेपालका दुबै खेलाडीलाई अन्तिम एघारमा समाबेश गरेका यि टिमले आज पनि पारस र सन्दिपलाई अन्तिम -११ मा स्थान दिने प्रबल सम्भावना रहेको छ ।

कलन्दर्सबिरुद्द पहिलो खेलमा अन्त्य ओभरतिर ब्याटिङ गर्न आएका पारसले ३ बलमा अबिजित रह्दै ३ रन बनाएका थिए भने सन्दिपले पहिलो खेलमा एक विकेट हात पार्न सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्