हङकङबिरुद्ध नेपालले सुरुमा ब्याटिङमा गर्ने
काठमाडौं ( अनलाइन खेलखबर ) | बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले आज हङकङसँग भिड्दै छ ।
ढाकास्थित सभारमा भर्खरै भएको टसमा टस हारेर नेपाल पहिले ब्याटिङ गर्ने भएको छ ।
पहिलो खेलमा भारत यु -२३ सँग पराजित भएको नेपाललाई प्रतियोगितामा रहिरहन भएपनी जितको विकल्प रहने छैन ।
धेरै समय बितेको छैन , हङकङ र नेपालको खेल सदैभ टक्कर हुने गर्थ्यो तर अहिले हङकङ कमजोर बन्दै गएको हङकङका पछिल्ला खेलहरुले देखाएको छ ।
तसर्थ तुलनात्मक रुपमा हेर्ने हो भने पनि नेपाल आजको खेलमा पक्कै हाबी हुनेछ त्यसमा दुईमत नहोला तर हङकङ कमजोर भएको छ भन्दैमा ठोस रणनीतिमा हामी चुक्नु हुँदैन सचेत हामी हुन अति – आबस्यक रहेको छ ।
प्रतियोगितामा समूह` बि´ मा रहेको नेपालको समूहमा भारत , हङकङ र आयोजक बंगलादेश रहेका छ्न ।
भने अर्को समूह` ए ´ मा श्रीलंका , अफगानिस्तान , पाकिस्तान र ओमान रहेका छ्न ।
समूह चरणबाट शिर्ष दुई टिम सेमिफाइनल पुग्नेछ्न ।
अब नेपालले प्रतियोगिताको अन्तिम खेलमा मंसिर २ गते आयोजक बंगलादेशको सामना गर्नेछ ।