onlinekhelkhabar.com

Complete website for Nepali Sports News

आज नेपाल र हङकङ भिड्ने : नेपाललाई जित्नै पर्ने दबाब

काठमाडौं ( अनलाइन खेलखबर ) | बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले आज हङकङको सामना गर्दैछ ।

ढाकास्थित सभारमा हुने खेल नेपाली समय अनुसार बिहान पौने ९ बजेपछीबाट सुरु हुनेछ ।

पहिलो खेलमा भारत यु -२३ सँग पराजित भएको नेपाललाई प्रतियोगितामा रहिरहन भएपनी जितको विकल्प रहने छैन ।

धेरै समय बितेको छैन , हङकङ र नेपालको खेल सदैभ टक्कर हुने गर्थ्यो तर अहिले हङकङ कमजोर बन्दै गएको हङकङका पछिल्ला खेलहरुले देखाएको छ ।

तसर्थ तुलनात्मक रुपमा हेर्ने हो भने पनि नेपाल आजको खेलमा पक्कै हाबी हुनेछ त्यसमा दुईमत नहोला तर हङकङ कमजोर भएको छ भन्दैमा ठोस रणनीतिमा हामी चुक्नु हुँदैन सचेत हामी हुन अति – आबस्यक रहेको छ ।

प्रतियोगितामा समूह` बि´ मा रहेको नेपालको समूहमा भारत , हङकङ र आयोजक बंगलादेश रहेका छ्न ।

भने अर्को समूह` ए ´ मा श्रीलंका , अफगानिस्तान , पाकिस्तान र ओमान रहेका छ्न ।

समूह चरणबाट शिर्ष दुई टिम सेमिफाइनल पुग्नेछ्न ।

अब नेपालले प्रतियोगिताको अन्तिम खेलमा मंसिर २ गते आयोजक बंगलादेशको सामना गर्नेछ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *