मध्यरातमा सचिन आईपुगे नेपाल ! आज टियुमा सचिन … सचिन गुन्जिने

मध्यरातमा सचिन आईपुगे नेपाल ! आज टियुमा सचिन … सचिन गुन्जिने

काठमाडौं ( अनलाइन खेलखबर ) | भारतिय महान क्रिकेटर सचिन तेन्दुल्कर काठमाडौं आईपुगेका छ्न ।

सचिन गएराती नेपाल आईपुगेका हुन । मध्यरातमा आईपुगेका सचिन सिदै होटेल प्रस्थान गरेका थिए । र अब बिहान उनि किर्तिपुरमा रहेक्ल नेपालको एकमात्र अन्तर्राष्ट्रिय त्रिवि क्रिकेट मैदान पुग्ने कार्यतालिका रहेको छ ।

युनाईटेड नेशन ईन्टरनेशनल चिल्ड्रेन ईमर्जन्सी फन्ड ( युनिसेफ ) का सद्भावना दूत समेत रहेका सचिन सोही सस्थाको कार्यक्रमका दौरान नेपाल आईपुगेका हुन ।

संस्थाले बाल अधिकार सम्बधी महासन्धी पारित भएको ३० बर्ष पूरा भएको उपलक्ष्यमा आयोजना गरेको मैत्रीपूर्ण क्रिकेट खेलमा उनिले सहभागी जनाउँने छ्न ।

स्थानिय स्कुले बिद्यार्थीलाई हौसला प्रदान गर्न सचिनसँग खेल्ने बाताबरण मिलाईएको संस्थाले जानकारी गराएको छ ।

संस्थाले किर्तिपुर स्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज (शनिबार ) प्रदर्शनि खालको खेल खेलाईने र सचीनले बालबालिकालाई हौसला प्रदान गर्ने बताईएको छ ।

जसमा दुई टिमबीच १० ओभरको खेल खेलाईने जानकारी प्राप्त भएको छ जसलाई सचिन र नेपालका पूर्व कप्तान बिनोद दासले नेतृत्व गर्नेछ्न । खेल बिहान ९ बजेपछी सुरु हुने भनिएको छ ।

शुक्रबार बिनोद दासले आफ्नो सामाजिक सन्जालमार्फत जानकारी दिदै सचिनसँग खेल्न पाउँदा आफ्नो सपना पूरा हुन लागेको बताएका छ्न ।

यसपछी सचिनको नेपाल भ्रमणको तालिका के रहेको छ त्यो संस्थाले जानकारी भने गराएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *