पारसको टिम आबुधाबी र कलन्दर्सबीचको खेल बराबरीमा सकियो !
काठमाडौं ( अनलाइन खेलखबर ) | युएईमा जारी सुरु भएको टि -१० लिगमा नेपालका पुर्व – कप्तान तथा अनुभवी खेलाडी पारस खड्काको टिम अबुधाबी र कलन्दर्सबीचको खेल बराबरीमा सकिएको छ ।
शुक्रबार राती भएको खेलमा आबुधाबीले दिएको १ सय ४ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको कलन्दर्स निर्धारित १० ओभर पुरै खेल्दै ३ विकेटको क्षतिमा १ सय ३ रन बनाएपछि खेल बराबरी हुन पुगेको हो ।
कलन्दर्सका लागी कप्तान दाविद मालनले सर्बाधिक ३३ रनको योगदान गरे । १८ बलको सामना गरेका उनले ६ चौका र १ छ्क्का प्रहार गरे ।
यस्तै टिमका लागी टॉम बैंटनले १६ तथा ल्यूक रोंचीले अबिजित रहदै २३ तथा फिलिपले २२ रन बनाए ।
बलिङतर्फ आबुधाबीका लागी मर्चेंट डी लैंगले २ तथा रिचर्ड ग्लीसनले १ विकेट लिन सफल भए ।
त्यसअघि शेख शैयद रंगशाला अबुधाबीमा भएको खेलमा पारस खड्काको टिम – टिम अबुधाबीले ट्स हारेर पहिले ब्याटिङ गर्दै निर्धारित १० ओभर पुरै खेल्दै ६ विकेटको क्षतिमा १ सय ३ रन बनाएको थियो ।
पारस खड्का पनि खेलिरहेको खेलमा टिम
अबुधाबीका लागी ओपनर ब्याट्सम्यान निरोसनले १७ तथा अर्का ओपनर ल्यूक राइटले २० रनको योगदान गरे ।
यस्तै कप्तान मोईन अलिले भने त्यती सन्तोषजनक प्रदर्शन गर्न सकेनन । दोस्रो विकेटका रुपमा पभेलियन फर्किएका उनले मात्र ७ रन बनाउँदा क्याच आउट हुन पुगे ।
त्यसपछि टिमका लुईस ग्रेगरी ११ रन बनाएर आउट हुन पुगे । उनि आउट भएपछी मैदान प्रबेश गरेका पारस खड्काले कोरी एंडरसनलाई साथ दिए ।
अन्तिम ओभरको चौथो बलमा पाँचौं विकेटका पभेलियन फर्किएका कोरीले ४३ रनको पारी खेल्दै टिमलाई सम्मानजनक स्कोरतर्क पुर्याए ।
यस्तै अबिजित रहेका पारसले ३ बलको सामना गर्दै ३ रन जोडे ।
बलिङतर्फ कलन्दर्सका लाहिरु कुमाराले २ तथा सीकुंज प्रसन्ना , क्रिश जोर्डन र जॉर्डन क्लार्कले पनि १/१ विकेट लिए ।
अब अबुधाबीले आफ्नो दोस्रो खेल आउँदो आईतबार नर्थन वारियर्ससँग खेल्नेछ ।
खेल नेपाली समय अनुसार साझ सवा ५ बजेपछी हुनेछ ।