पारसको टिम अबुधाबीद्वारा कलन्दर्ससामु सम्मानजनक विजयी लक्ष्य प्रस्तुत

पारसको टिम अबुधाबीद्वारा कलन्दर्ससामु सम्मानजनक विजयी लक्ष्य प्रस्तुत

काठमाडौं ( अनलाइन खेलखबर ) | शुक्रबार देखी युएईमा सुरु भएको टि -१० लिगमा नेपालका पुर्व – कप्तान तथा अनुभवी खेलाडी पारस खड्काको टिम अबुधाबीले आफ्नो पहिलो खेलमा कलन्दर्सलाई १ सय ४ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

शेख शैयद रंगशाला अबुधाबीमा जारी खेलमा पारस खड्काको टिम – टिम अबुधाबीले ट्स हारेर पहिले ब्याटिङ गर्दै निर्धारित १० ओभर पुरै खेल्दै ६ विकेटको क्षतिमा १ सय ३ रन बनाएको छ ।

पारस खड्का पनि खेलिरहेको खेलमा टिम अबुधाबीका लागी ओपनर ब्याट्सम्यान निरोसनले १७ तथा अर्का ओपनर ल्यूक राइटले २० रनको योगदान गरे ।

यस्तै कप्तान मोईन अलिले भने त्यती सन्तोषजनक प्रदर्शन गर्न सकेनन । दोस्रो विकेटका रुपमा पभेलियन फर्किएका उनले मात्र ७ रन बनाउँदा क्याच आउट हुन पुगे ।

त्यसपछि टिमका लुईस ग्रेगरी ११ रन बनाएर आउट हुन पुगे । उनि आउट भएपछी मैदान प्रबेश गरेका पारस खड्काले कोरी एंडरसनलाई साथ दिए ।

अन्तिम ओभरको चौथो बलमा पाँचौं विकेटका पभेलियन फर्किएका कोरीले ४३ रनको पारी खेल्दै टिमलाई सम्मानजनक स्कोरतर्क पुर्याए ।

यस्तै अबिजित रहेका पारसले ३ बलको सामना गर्दै ३ रन जोडे ।

बलिङतर्फ कलन्दर्सका लाहिरु कुमाराले २ तथा सीकुंज प्रसन्ना , क्रिश जोर्डन र जॉर्डन क्लार्कले पनि १/१ विकेट लिए ।

अब अबुधाबीले दिएको १ सय ४ रनको विजयी लक्ष्य पछ्याउँदै कलन्दर्सले अबको केहि समयपछि जवाफी ब्याटिङ गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *