onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

टि -१० लिगमा पारसको डेब्यु

काठमाडौं ( अनलाइन खेलखबर ) | आज (शुक्रबार ) देखी युएईमा सुरु भएको टि -१० लिगमा नेपालका पुर्व – कप्तान तथा अनुभवी खेलाडी पारस खड्काले प्रतियोगितामा डेब्यु गर्न सफल भएका छ्न ।

लिगको तेस्रो खेल र टिमको पहिलो खेलमा अहिले उनको टिम अबुधाबीले कलन्दर्सबिरुद्को खेलमा उनलाई अन्तिम ११ मा स्थान दिएको छ ।

योसँगै पारसले यो स्तरको लिगमा पहिलो पाईला चाल्दै गर्दा शेख शैयद रंगशाला अबुधाबीमा सुरु हुन गईरहेको खेलमा ट्स हारेर पारसको टिमले पहिले ब्याटिङ गर्ने भएको छ ।

कुल ८ टिमको सहभागिता रहेको यस लिग आउँदो नोभेम्बर २४ सम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्