दिल्लीले सन्दिपको साथ छोडेन ! यसपटक पनि सन्दिप दिल्लीबाट आईपिएल खेल्ने

दिल्लीले सन्दिपको साथ छोडेन ! यसपटक पनि सन्दिप दिल्लीबाट आईपिएल खेल्ने

काठमाडाैं ( अनलाइन खेलखबर ) | अर्को बर्ष अप्रिलबाट सुरु हुन गईरहेको विश्वको सबैभन्दा ठुलो क्रिकेट लिग ईन्डियन प्रिमियर लिग ( आईपिएल ) मा नेपालका स्टार क्रिकेटर सन्दिप लामिछानेलाई उनको टिम दिल्ली क्यापिटल्सले रिटेन गरेको छ ।

यो सँगै यस संस्करणमा पनि हामीहरुले दिल्ली क्यापिटल्सबाट सन्दिपले खेलेको हेर्ने पाउँने छौ ।

सन्दिपसँगै उनको टिम दिल्लीले विदेशी खेलाडीमा दक्षिण अफ्रिकाका खगिसाे रबाडा र वेष्टइन्डिजका किमाे पउललाई रिटेन गर्दै आफुसँगै राखेको छ ।

भने दिल्लीले रविचन्द्रन आश्विनलाई किंग्स ईलाभेन पन्जाव र अजिके रहानेलाई राजस्थान राेयल्सबाट टिममा भित्राएको छ ।

टी-१० लिग खेल्न अहिले युएईमा रहेका सन्दीपलाई भारतिय २० लाख रुपिएमा दिल्लीले अनुबन्ध गरेको थियो ।

र, अघिल्लो संस्करण पनि सोहि रकमका साथ दिल्लीले सन्दिपलाई दोराएको थियो र यो तेस्रो संस्करण पनि दिल्लीले २० लाखमै रिटेन गरेको छ । जुन पुर्व सम्झौता अनुसारनै रहेको छ ।

सन्दीपले आईपीएलको आफ्नो पहिलो संस्करणमा  ५ विकेट लिएका थिए । भने अघिल्लो संस्करणमा ६ खेलमा ८ विकेट लिएका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *