शनिबार सचिन नेपाल आउँदै : टियुमा मैत्रीपूर्ण खेल खेल्ने पक्का

शनिबार सचिन नेपाल आउँदै : टियुमा मैत्रीपूर्ण खेल खेल्ने पक्का

काठमाडौं ( अनलाइन खेलखबर ) | भारतिय महान क्रिकेटर सचिन तेन्दुल्कर त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्रिकेट खेल्ने पक्का पक्की भएको छ ।

युनाईटेड नेशन ईन्टरनेशनल चिल्ड्रेन ईमर्जन्सी फन्ड ( युनिसेफ ) का सद्भावना दूत समेत रहेका सचिन सोही सस्थाको कार्यक्रमका दौरान शनिबार बिहान नेपाल आउँदै छ्न र संस्थाले स्थानिय स्कुले बिद्यार्थीलाई हौसला प्रदान गर्न सचिनसँग खेल्ने बाताबरण मिलाउने लागेको संस्थाले जानकारी गराएको छ ।

संस्थाले किर्तिपुर स्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भोलि(शनिबार ) प्रदर्शनि खालको खेल खेलाईने र सचीनले बालबालिकालाई हौसला प्रदान गर्ने बताईएको छ ।

जसमा दुई टिमबीच १० ओभरको खेल खेलाईने जानकारी प्राप्त भएको छ जसलाई सचिन र नेपालका पुर्व कप्तान बिनोद दासले नेतृत्व गर्नेछ्न । खेल बिहान ९ बजेपछी सुरु हुने भनिएको छ ।

शुक्रबार बिनोद दासले आफ्नो सामाजिक सन्जालमार्फत जानकारी दिदै आफ्नो सपना पूरा हुन लागेको बताएका छ्न ।

यस अघि सोही संस्थाको कार्यक्रममा बलियुडका चर्चित अभिनेता आमिर खान पनि नेपाल आईपुगेका थिए ।

र भारतिय पुर्व कप्तान महेन्द्र सिँह धोनी लगायतका खेलाडीहरु पनि नेपाल आईपुगेका छ्न ।

योसँगै सचिन आउने पक्का हुँदा नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य लगायत सन्दिप लामिछाने र पारस खड्कासँग भेट नहुने भएता पनि काठमाडौंमा रहेका खेलाडीहरुले भने खेलका दौरान भेटने छ्न ।

अहिले राष्ट्रिय क्रिकेट टिम बंगलादेशमा भएको ईमर्जिङ एसिया कप खेल्दैछ भने सन्दिप र पारस टि – १० लिगका लागि युएईमा रहेका छ्न।

यता विश्व क्रिकेटमा कयौं कीर्तिमान बनाएका सचिन यो कालको महान क्रिकेटर मध्यमा एक पर्छन । उनलाई धेरै समर्थकहरुले क्रिकेटको भगवानको रुपमा लिने गरेको पाईन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *