अन्तिम खेलमा नेपाल मलेसियासँग पराजित

अन्तिम खेलमा नेपाल मलेसियासँग पराजित

काठमाडौं (अनलाइन खेलखबर ) । चीनमा जारी बी एण्ड आर कप यु -१९ महिला टि–ट्वान्टी प्रतियोगिताको आफ्नो चौथो तथा अन्तिम खेलमा नेपाली टोली मलेसियासँग ५ विकेटले पराजित हुन पुगेको छ ।

शुक्रबार भएको आफ्नो अन्तिम खेलमा नेपालले दिएको १ सय १५ रनको सामान्य लक्ष्य मलेसियाले २० ओभरमा ५ विकेट विकेट गुमाएर पूरा गरेको छ ।

त्यसअघि चीनको सघाईमा भएको खेलमा नेपालले टस जितेर सुरुमा ब्याटिङ गर्दै निर्धारित २० ओभर पुरै खेल्दै मात्र ४ विकेट गुमाएर १ सय १४ रनको योगफल खडा गरेको थियो ।

नेपालका लागि राजमती ऐरीले सर्बाधिक पारी खेल्ने क्रममा ३७ रनको योगदान गरिन । यस्तै टिमका लागि कविता कुँवर र लक्ष्मी साउदले समान १९/१९ रन बनाएका थिए ।

यस अघि प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्याण्डसँग २९ रनको हार भएको थियो । त्यसपछिका दुई खेलमा भने नेपालले लगातार जित हासिल गर्ने क्रममा नेपालले आफ्नो दोस्रो खेलमा आयोजक चीनलाई ८ विकेटले पराजित गरेको थियो भने नेपालले तेस्रो खेलमा म्यानमारलाई ३५ रनले पराजित गर्न सफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *