टि -१० लिग आजबाट सुरु हुँदै : आजनै  पारसको टिमले पहिलो खेल खेल्दै

टि -१० लिग आजबाट सुरु हुँदै : आजनै पारसको टिमले पहिलो खेल खेल्दै

काठमाडौं ( अनलाइन खेलखबर )|विश्व क्रिकेटको सबैभन्दा छोटो फर्म्याटको क्रिकेट लिग टि – १० आज देखी सुरु हुँदैछ ।

सन २०१७ देखी लगातार युएईमा हुँदै आएको टि – १० लिग तेस्रो संस्करणसम्म आईपुग्दा यसपटक नेपाली समर्थकका लागी पनि खास रहने छ ।

बिशेषगरि नेपालका पुर्व कप्तान तथा अनुभवी खेलाडी पारस खड्का यस संस्करणमा पहिलो पटक खेल्दैछ्न त्यसैले गर्दा यो संस्करणमा नेपालको नजर पक्कै जानेछ ।

भने पारस सँगै ग्लोबल आईकन बनिसकेका सन्दिप लामिछाने दोस्रो पटक यो लिग खेल्दैछ्न त्यसैले अझ थप समर्थकहरुलाई हेर्न लायक बनाउने छ ।

कुल ८ टिमको सहभागिता रहेको यस लिगमा सन्दिप र पारस फरक -फरक टिममा रहेका छ्न ।

पारस टिम अबुधावि रहेका छ्न । उनलाई टिमले १० हजार अमेरिकन डलरमा अनुबन्धित गरेको छ ।

यस्तै सन्दिपलाई कर्नाटक टस्कर्सले ४५ हजार अमेरिकन डलरमा अनुबन्धित गरेको छ । यसअघि दोस्रो संस्करणमा उनि केरला नाइट्ससगँ ३० हजार डलरमा अनुबन्धित भएका थिए ।

यता आजबाट सुरु हुन गईरहेको लिगमा आज पहिलो दिन ३ खेल हुँदैछ । पहिलो खेलमा नर्थन वारियर्स र मराठा अरेबियन भिड्ने छ्न ।

त्यसपछी दोस्रो खेल डेक्कन ग्लैडिएटर्स र दिल्ली बुल्सबीच हुनेछ भने तेस्रो खेलमा पारसको टिम टिम अबुधाबीले कलन्दर्ससँग खेल्नेछ ।

यो खेल नेपाली समय अनुसार राती पौने ११ बजेपछीबाट सुरु हुनेछ । खेलको प्रत्यक्ष प्रशारण सोनि सिक्स र सोनि टेन- ३ ले गर्नेछ ।

अब हेर्नुहोस लिगको उद्घाटन केहि तस्बिरमा !

Leave a Reply

Your email address will not be published. Required fields are marked *