ट्स हारेर नेपाल ब्याटिङमा
काठमाडौं ( अनलाइन खेलखबर) | भारतमा जारी यु – १९ च्यालेन्जर्स एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले अहिले भारत ‘बी’ सँग भिड्दै छ ।
खेलमा भर्खरै भएको ट्समा भारत `बि´ ले ट्स जितेर नेपाललाई सुरुमा ब्याटिङको निम्तो दिएको छ ।
यसअघिका दुई खेलमा पराजित नेपालले प्रतियोगिता पहिलो जितको खोजिमा रहदा प्रतिष्ठाका लागी भएपनि आजको खेलमा जित हासिल गर्न पनि त्यतिनै आबस्यक रहेको छ ।
तर नेपाललाई त्यति सहज भने देखिदैन आज खेल्न लागेको भारत `बि ´ बलियो टिम साबित हुँदै अहिले सम्म २ खेलमा शत प्रतिशत नतिजा आफ्नो पक्षमा पार्दै अंकतालिकामा पहिलो स्थानमा रहेको छ ।
त्यसैले तुलनात्मक रुपमा नेपालभन्दा निकै बलियो भारत`बि ´सँगको खेलमा भारत `बि ´ नै हाबी हुने प्रबल संभावना रहेको छ ।
यसअघि प्रतियोगितामा नेपाल पहिलो खेलमा भारत ‘सी’ सँग १० विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा भारत ‘ए’ टिमसँग नेपाल १ सय ७ रनले पराजित भएको थियो ।