onlinekhelkhabar.com

Complete website for Nepali Sports News

यु -१९ महिला टिमको लगातार दोस्रो जित

काठमाडौं ( अनलाइन खेलखबर ) । चिनमा जारी `बी एण्ड आर कप ´टी-ट्वान्टी यु -१९ महिला क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ।

बिहिबार प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले म्यानमारलाई ३५ रनले पराजित गर्न सफल भएको छ ।

यसअघि नेपाल पहिलो खेलमा बलियो थाईल्याण्डसँग २९ रनले पराजित भएपनी दोस्रो खेलमा राम्रो पुनरागमन गर्दै नेपालले आयोजक चिनलाई ८ विकेटले पराजित गरेको थियो ।

यता आज म्यानमारबिरुद्द खेलमा टस जितेर सुरुमा ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभर पुरै खेल्दै ७ विकेटको क्षतिमा १ सय ७ रन बनाएको थियो ।

नेपालले ठुलो योगफल खडा गर्ने क्रममा नेपालका लागि कविता कुँवरले सर्वाधिक २८ रनको योगदान गरेकी थिईन । यस्तै टिमका लागी कप्तान डोलि भट्टले १५ रन तथा शिला क्षेत्रीले १५ रन र योशोदा विष्टले १० रनको योगदान गरेका थिए ।

त्यसपछि नेपालले दिएको १ सय ८ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको म्यानमार निर्धारित २० ओभर पुरै खेलेपनी ७ विकेटको क्षतिमा ७२ रनमा सिमित हुन पुगेपछी खेल नेपालले आफ्नो पक्षमा पार्न सफल भएको हो ।

बलिङतर्फ खेलको प्लेयर अफ द म्याच समेत घोषित भएकी नेपालकी कृतिका मराशिनीले सर्वाधिक ३ विकेट लिन सफल भईन । त्यस्तै इश्वरी विष्टले २ विकेट हात पारेकी थिईन ।

अब प्रतियोगितामा नेपालले आउँदो शुक्रबार आफ्नो चौथो खेलमा मलेसियासँग खेल्नेछ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *