onlinekhelkhabar.com

Complete website for Nepali Sports News

सागका लागि नेपाली पुरुष क्रिकेट टिमको घोषणा : राशिद खान पहिलोपटक टिममा

काठमाडौं ( अनलाइन खेलखबर ) | आउँदो मंसिर १५ गतेदेखि २४ गतेसम्म नेपालमा हुन गईरहेको १३ औं संस्करणका लागि नेपाली पुरुष क्रिकेट टिमको घोषणा गरेको छ ।

भारत र पाकिस्तानले क्रिकेटमा सहभागि नजनाउँने भनेपछी नेपालले राम्रो नतिजा निकाल्ने सम्भावना रहेको हुँदा आज घोषणा गरिएको टिमलाई सन्तुलित गर्ने प्रयास गरिएको छ ।

जसअन्तर्गत केही अनुभवी खेलाडीलाई आराम दिदा राशिद खानलाई पहिलो पटक टिममा समाबेश गरिएको छ ।

बिहिबार घोषणा गरिएको १५ सदस्यीय टोलीमा ज्ञानेन्द्र मल्ल लगायत पारस खड्का , सन्दिप लामिछाने , सोमपाल कामी ,दिपेन्द्र सिंह ऐरी ,करन केसी, विनोद भण्डारी, ललित नारायण राजवंशी,पवन सर्राफ, सन्दीप जोरा, सुशन भारी , मोहम्मद आरिफ शेख, अविनाश बोहरा ,कुशल भुर्तेल र राशिद खान टिममा रहेका छ्न ।

यस्तै वैकल्पिक खेलाडीको रुपमा रोहित कुमार पौडेल भिम सार्की र सागर ढकाललाई राखिएको छ

प्रतिक्रिया दिनुहोस्