onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सागको लागि नेपाली महिला क्रिकेट टिमको घोषणा

काठमाडौं ( अनलाइन खेलखबर ) | आउँदो मंसिर १५ गतेदेखि २४ गतेसम्म नेपालमा हुन गईरहेको १३ औं संस्करणका लागि नेपाली महिला क्रिकेट टिमको घोषणा गरिएको छ ।

स्वर्ण पदक जित्ने लक्ष्य बोकेको नेपाली टोली लामो समय काठमाडौंमा बन्द प्रशिक्षणमा रहयो र बन्द प्रशिक्षणमा रहेका २५ जनाबाट नेपाली टोलीको बिहीबार घोषणा गरिएको छ ।

जसअन्तर्गत रुविना क्षेत्रीको कप्तानीमा रहेको रहेको टिममा उनिसँगै सिता राना मगर ( उप – कप्तान ) , इन्दु बर्मा,काजल श्रेष्ठ,करुणा भण्डारी,अप्सरी बेगम,सोनु खड्का,सरस्वती चौधरी,ममता चौधरी,अन्जली चन्द,सरिता मगर ,सुमन खतिवडा,रोमा थापा , डली भट्ट र कविता कुवरले अन्तिम १५ सदस्यीय टोलीमा अटाएका छ्न ।

यस्तै ज्योति पाण्डे ,संगीता राई र अस्मिना कर्माचार्यलाई बैकल्पिक खेलाडीमा राखिएको छ ।

जगत टमटाको प्रशिक्षणमा रहेको नेपाली टोलीले आफ्नो तयारी पनि अन्तिम चरणमा पुर्याएका छ्न । सागमा क्रिकेटमा भारत र पाकिस्तानले सहभागी नजनाउँने भनेपछि नेपालको स्वर्ण जित्ने लक्ष्यलाई अझ बलियो बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्