नेपालमाथि भारतको  सहज जित

नेपालमाथि भारतको सहज जित

काठमाडौं ( अनलाइन खेलखबर ) | आज बिहिबार देखि बंगलादेशमा सुरु भएको ईमर्जिङ एसिया कपको पहिलो खेलमा नेपाल भारतसँग ७ विकेटले पराजित हुन पुगेको छ ।

खेलमा नेपालले दिएको १ सय ९४ रनको विजयी चुनौती पछ्याउँदै जवाफी ब्याटिङ गरेको भारतले उक्त चुनौतीलाई ४२ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।

भारतलाई प्रतियोगितामा विजयी सुरुवात दिलाउन भारतिय ब्याट्सम्यानले सुरुवाती अबस्थामा देखिनै राम्रो प्रदर्शन गरेका थिए ।

टिमलाई ओपनर जोडीले ठोस सुरुवात दिलाउँने क्रममा ओपनिङ ७४ रनको साझेदारी गरेका थिए ।

ईनिङ १४.३ ओभरमा पहिलो विकेटका रुपमा आउट हुन पुगेका बेलुर रबिले ४९ रनको योगदान गरेका थिए । ४९ बलनै सामना गरेका उनले सुशन भारीको एलबिब्लुको सिकार हुनुअघि ८ चौका र १ छक्का प्रहार गरे ।

यस्तै अर्का ओपनर ब्याट्सम्यान अर्यान जुयालले २९ रनको योगदान गरे । ललित नारायण राजबम्शीको बलमा आउट हुन पुगेका उनले ४३ बलको सामना गर्दै ३ चौकाको मद्दतमा उक्त पारी खेलेका थिए ।

त्यसपछी तेस्रो विकेटका लागि सनभिर सिँह र अरमान जाफरलेबीच ९७ रनको साझेदारी हुन पुगेपछी भारतले नेपालमाथि भारतले सहज जित निकाल्यो ।

करन केसिको बलमा क्याच आउट हुन पुगेका सनभिर सिँहले टिमका लागि ५६ रनको योगदान गर्दा अरमानले अबिजित रह्दै ५१ रन बनाए ।

त्यसअघि बंगलादेशको क्रिया शिक्षा प्रोटिस्टन नं ३ मैदान सावरमा भएको खेलमा ट्स हारेर पहिले ब्याटिङ गरेको नेपाल ४४.५ ओभरमा अलआउट हुँदै १सय ९३ रनको योगफल खडा गर्न सफल भएको थियो ।

खेलमा पहिलो ओभरको दोस्रो बलमा कप्तान मल्ललाई शून्य रनमा गुमाएको नेपालका लागि शरद र कुशलले सम्हाल्ने क्रममा अर्धशतकिय साझेदारी गर्न पुगे ।

१७.४ ओभरमा टिमको स्कोर ५४ रन हुँदा दोस्रो विकेटका रुपमा पभेलियन फर्किएका कुशलले
६० बलको सामना गर्दै ४ चौकाको मद्दतमा २८ रन बनाए ।

त्यसपछि राम्रो टिमले मोहम्मद आरिफ शेखलाई भने सस्तैमा गुमायो ।उनिले मात्र २ रन बनाए ।

आरिफ आउट भएपछी पनि शरद र दिपेन्द्रबीच राम्रो तालमेल बनेको थियो र टिमका लागि शरदले ४४ तथा दिपेन्द्रले २४ रनको योगदान गरेका थिए ।

यस्तै ९ औ विकेटका रुपमा पभेलियन फर्किएका पवन सरार्फले अर्धशतकिय पारी खेल्ने क्रममा ५६ रनको महत्वपूर्ण योगदान गर्दा नेपालले भारतसामु सम्मानजनक स्कोर खडा गरेको थियो ।

बलिङतर्फ भारतका लागि सौरभ दुबेले सर्बाधिक ४ विकेट हात पारे । भने यश राथोडले ३ विकेट लिदा पार्थले २ विकेट लिएका थिए ।

अब प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेल आउँदो शनिबार हङकङ सँग खेल्नेछ ।

कुल ८ टिमको सहभागी रहेको यस प्रतियोगितामा दुई समूह बिभाजन गर्दै खेल संचालन गरिएको छ ।

जसअन्तर्गत नेपाल समूह` बि´ मा रहेको छ । जसमा नेपालसहित भारत , हङकङ र आयोजक बंगलादेश रहेको छ ।

भने अर्को समूह` ए ´ मा श्रीलंका , अफगानिस्तान , पाकिस्तान र ओमान रहेका छ्न ।

समूह चरणबाट शिर्ष दुई टिम सेमिफाइनल पुग्नेछ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *