onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

भारतबिरुद्द पवन सरार्फको अर्धशतक

काठमाडौं ( अनलाइन खेलखबर ) | अहिले जारी भारतबिरुद्दको खेलमा नेपालका युवा खेलाडी पवन सरार्फले अर्धशतक प्रहार गरेका छ्न ।

मध्यक्रममा ब्याटिङ गर्न आएका पवनले ४२ बलको सामना गर्दै ७ चौका र २ छ्क्काको मद्द्तमा अर्धशतक पूरा गरेका हुन ।

पवनको शानदार ब्याटिङको मद्दतमा अहिले टिमले पनि सम्मानजनक स्कोरतर्फ अग्रसर भईरहेको छ ।

जसअन्तर्गत अहिले नेपालले ४२.३ओभरमा ७ विकेट गुमाएर १ सय ८६ रन बनाईसकेको छ ।

अहिले मैदानमा पवनले ५६ रन बनाईसकेका छ्न भने उनलाई साथ दिईरहेका करनले ५ रन जोडिसकेका छ्न ।

प्रतिक्रिया दिनुहोस्