onlinekhelkhabar.com

Complete website for Nepali Sports News

ठुलो रकमका साथ पाकिस्तान सुपर लिगको ड्राफ्टमा सन्दिप समाबेश

काठमाडौं ( अनलाइन खेलखबर ) | विश्व क्रिकेटको चर्चित क्रिकेट लिग मध्यको एक पाकिस्तान सुपर लिग ( पिएसएल ) मा नेपालका युवा स्टार खेलाडी सन्दिप लामिछाने ठुलो रकमका साथ ड्राफ्टमा समाबेश भएका छ्न ।

उनलाई ड्राफ्टको सुचीमा विदेशी खेलाडीको ‘प्लाटिनम’ श्रेणीमा राखिएको छ । जसको मूल्य न्युनतम १ लाख ४७ हजार अमेरिकन डलर देखि उच्चतम २ लाख १८ हजार अमेरिकन डलर रहेको छ ।

यदि ड्राफ्टमार्फत छानिएको खण्डमा सन्दिपको यो पनि अर्को ठूलो अनुबन्धित हुनेछ । यसअघि उनी ईङल्याण्ड र वेल्समा पहिलो पटक आयोजना हुन लागेको द हन्ड्रेड अर्थात एक सय बलको क्रिकेट प्रतियोगितामा लागि ठूलो रकमका साथ छ्नोट भईसकेका छ्न ।

उनी सो प्रतियोगितामा ड्राफ्टमार्फत एक लाख पाउण्ड अर्थात लगभग नेपाली १ करोड ५० लाख जतिमा ओभल इन्भीनसिभल्सले उनलाई अनुबन्ध गरेको छ ।

अहिले युएईमा टि -१० लिग खेल्ने तयारीमा रहेका सन्दिप लामिछानेले यसअघि अघिल्लो संस्करणमा पनि पाकिस्तान सुपर लिग खेलेका थिए ।

अघिल्लो संस्करण उनलाई लाहोर कलन्दरले ड्राफ्टमार्फत अनुबन्ध गरेको थियो । गोल्ड क्याटगरिमा रहदै उनले न्युनतम ५० हजार डलर प्राप्त गरेका थिए ।

तर यसपटक कुन टिमले उनलाई लिन्छ या लिदैन त्यो आउने समयमा नै थाहा होला तर यति भन्न सकिन्छ पछिल्लो सन्दिपको एकपछि अर्को राम्रो प्रदर्शनले गर्दा यसपटक पनि पाकिस्तान सुपर लिग खेल्ने उनको उच्च सम्भावना रहेको छ ।

यता अर्को वर्ष फ्रेबेअरी २० देखि २२ मार्चसम्म चल्ने यस सस्करणका लागि क्यानले आईसीसीमार्फत पाकिस्तान क्रिकेट बोर्डलाई नेपालका पाँच खेलाडीलाई सिफारिस गरेको थियो उनिहरुको भने अझै एकिन खबर आईसकेको छैन ।

अन्तराष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले ड्राफ्टका लागि नेपालका खेलाडी पनि सिफारिस गर्न क्यानलाई अनुरोध गरेपछि क्यानले नेपाली खेलाडीको नाम सिफारिस गरेको थियो ।

क्यानले नेपालबाट नेपालका करन केसी , पवन सरार्फ , ललित नारायण राजबम्शी, मोहम्मद आरिफ शेख र विनोद भण्डारीलाई सिफारिस गरेको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *