नेपाल सम्मानजनक योगफलतर्फ
काठमाडौं ( अनलाइन खेलखबर ) | नेपाली राष्ट्रिय टिमका अनुभवी खेलाडी मध्यका एक शरद भेषावकर र कुशल भुर्तेलले दोस्रो विकेटका लागि ५४ रनको साझेदारी गरेपछी नेपालले अहिले भारतबिरुद्दको खेलमा सम्मानजनक योगफलतर्फ अग्रसर भएको छ ।
बंगलादेशको क्रिया शिक्षा प्रोटिस्टन नं ३ मैदान सावरमा भईरहेको खेलमा भारतले ट्स जितेर नेपाललाई सुरुमा ब्याटिङको निम्तो दिएको थियो र अहिले नेपालले सुरुवाती ब्याटिङ गरिरहेको अबस्था छ ।
जसअन्तर्गत अहिले नेपालले २८.१ ओभरमा मात्र ३ विकेट गुमाएर १ सय २ रन बनाईसकेको छ ।
खेलमा पहिलो ओभरको दोस्रो बलमा कप्तान मल्ललाई शून्य रनमा गुमाएको नेपालका लागि शरद र कुशलले सम्हाल्ने क्रममा अर्धशतकिय साझेदारी गर्न पुगे ।
१७.४ ओभरमा टिमको स्कोर ५४ रन हुँदा दोस्रो विकेटका रुपमा पभेलियन फर्किएका कुशलले
६० बलको सामना गर्दै ४ चौकाको मद्दतमा २८ रन बनाए ।
त्यसपछि राम्रो टिमले मोहम्मद आरिफ शेखलाई भने सस्तैमा गुमायो ।उनिले मात्र २ रन बनाए ।
अहिले मैदानमा शरद र दिपेन्द्रको जोडी रहेको छ । राम्रो लयमा रहेका शरदलाई दीपेन्द्रले राम्रो साथ दिईरहेका छन ।
शरद र दीपेन्द्रले अहिले क्रमश :४२ ,२४ रन बनाईसकेका छ्न ।