onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

वीरगन्ज प्रिमियर लिगको मार्की खेलाडी घोषणा : अक्सन आउँदो शनिबार हुने

काठमाडौं (अनलाइन खेलखबर )| पर्सा जिल्लास्थित विरगन्जको नारायणी क्रिकेट मैदानमा आउँदो मंसिर १४ देखि २१ सम्म हुने वीरगन्ज प्रिमियर लिग (विपिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगिताको मार्की खेलाडी तथा अक्सन मिति सार्वजनिक गरिएको छ ।

स्थानिय युनाइटेड क्रिकेट क्लबको आयोजनामा हुँदै आएको यस प्रतियोगितामा ६ टिमको सहभागिता रहने छ जसका लागि ६ मार्की खेलाडीको पनि चयन गरिएको छ ।

जसअन्तर्गत सिंह ११ लायन्सका मार्की खेलाडी नेपाली राष्ट्रिय क्रिकेट टिमबाट लामो समय खेलिसकेका किर्तिमानी खेलाडी मेहबुब आलम रहेका छ्न ।

यस्तै विरगन्ज स्टारको मार्की खेलाडीमा नेपाली अबुभवी राष्ट्रिय खेलाडी हसिम अन्सारी रहेका छ्न भने डीसीसी स्टारको युवा खेलाडी रासिद खानले मार्की खेलाडीको रुपमा रहेका छ्न ।

भने ड्रार्गन साहिब दरबारको राष्ट्रिय टिमबाट प्रतिनिधित्व गरिसकेका अनिल कुमार शाह तथा रौतहट राइनोजको राष्ट्रिय टिमबाट खेलिसकेका जितेन्द्र मुखिया र केआईइसी वीरगन्जको मार्की खेलाडीको रुपमा सुरज पटेल रहेका छ्न ।

यता प्रतियोगिताको खेलाडी छ्नोट अन्तर्गत अक्सन आउँदो शनिबार विरगन्ज सिटि प्यालेसमा बिहान १० बेजपछिबाट सुरु हुनेछ ।

अक्सनमा कुल १ सय ९९ खेलाडीले नाम दर्ता गराएका छन् ।

प्रदेश २ का मात्र खेलाडी सहभागी हुन पाउँने यस प्रतियोगिताको विजेताले नगद २ लाख ५० हजार तथा उप -विजेता हुने टोलीले १ लाख ८० हजार नगद प्राप्त गर्नेछ ।

भने म्यान अफ द सिरिजले नगद २० हजार तथा उत्कृष्ट ब्याट्सम्यान र बलरले समान १०/१० हजार प्राप्त गर्नेछ्न ।

प्रतिक्रिया दिनुहोस्