onlinekhelkhabar.com

Complete website for Nepali Sports News

आज नेपाल र भारत भिड्ने

काठमाडौं ( अनलाइन खेलखबर ) | बंगलादेशमा आजबाट सुरु भएको ईमर्जिङ एसिया कपको पहिलो खेलमा नेपालले भारतको सामना गर्दैछ ।

खेल नेपाली समय अनुसार अबको केहि अर्थात पौने ९ बजेपछीबाट सुरु हुनेछ ।

ज्ञानेन्द्र मल्लको नेतृत्वमा रहेको नेपाली टिममा मल्लसहित दीपेन्द्र सिंह ऐरी, शरद भेषवकर, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, रोहित कुमार पौडेल, ललित नारायण राजवंशी, पवन सरार्फ, सन्दीप जोरा, सुसन भारी, इशान पाण्डे, मोहम्मद आरिफ शेख, अभिनाश बोहोरा र कुशल भुर्तेल रहेका छ्न ।

टिमका दुई अनुभवी खेलाडी सन्दिप लामिछाने र पारस खड्का भने टिममा छैनन । उनिहरु सोहि समयमा युएईमा हुने टि -१० लिगमा सहभागी हुनेछ्न ।

यसअघि यस प्रतियोगितामा नेपाल नभएपनी युएईले अन्तिम समयमा आएर नखेल्ने भएपछि त्यसको ठाउँमा नेपाललाई मौका दिएको हो ।

यस्तै प्रतियोगिताको सार्वजनिक खेल तालिका अनुसार नेपाल समूह` बि´ मा रहेको छ । जसमा नेपालसहित भारत , हङकङ र आयोजक बंगलादेश रहेको छ ।
भने अर्को समूह` ए ´ मा श्रीलंका , अफगानिस्तान , पाकिस्तान र ओमान रहेका छ्न ।

समूह चरणबाट शिर्ष दुई टिम सेमिफाइनल पुग्नेछ्न ।

नेपालले प्रतियोगिताको भारतपछि दोस्रो खेलमा नेपालले कार्तिक ३० गते हङकङसँग खेल्नेछ भने समूहको अन्तिम खेलमा मंसिर २ गते नेपालले आयोजक बंगलादेशको सामना गर्नेछ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *