नेपाली युवा क्रिकेट टोलीको लगातार दोस्रो हार

नेपाली युवा क्रिकेट टोलीको लगातार दोस्रो हार

काठमाडौं ( अनलाइन खेलखबर ) | भारतमा जारी एकदिवसिय यु -१९ च्यालेन्जर ट्रफीमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।

बुधबार भएको खेलमा नेपाल भारत ` ए ´सँग १ सय ७ रनले पराजित हुन् पुगेको छ ।

खेलमा भारत ` ए ´ले दिएको २ सय ४८ रनको विजयी चुनौतीलाई पछ्याउदै जवाफी ब्याटिङ गरेको नेपाल निर्धारित ५० ओभर पुरै खेल्दै ९ विकेटको क्षतिमा १ सय ४० रनमा सिमित हुन पुगेपछि नेपाल पराजित हुन पुगेको छ ।

नेपालका लागि यु -१६ टिमका कप्तान समेत रहेका बिशाल बिक्रम केसीले सर्बाधिक धेरै रन बनाउने क्रममा ७१ रनको योगदान गरे ।

सुरुवात देखि खराब ब्याटिङ गरेको नेपालका लागि बिशालले राम्रो ब्याटिङ गर्दै टिमलाई केहि सहज बनाउने प्रयास गरेका थिए ।

बिशालसँगै आजको खेलमा शेर मल्लले पनि २१ रनको योगदान दिए भने बाकि खेलाडीबाट भने निकै निराशाजनक प्रदर्शन गर्दा टिम पराजित हुन पुगेको छ ।

बलिङतर्फ भारत ` ए ´ का लागि नितिश कुमार र समिर हुसेनले समान २/ २ विकेट हात पारे ।

त्यसअघि भारतको हैदराबादस्थित राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा नेपालले ट्स जितेर घरेलु टोली भारत `ए ´ लाई सुरुमा ब्याटिङको निम्तो दिएको थियो ।

त्यसपछि सुरुमा ब्याटिङ गरेको भारत `ए ´ ४८.२ ओभरमा अलआउट हुँदै २ सय ४७ रन बनाउँन सफल भएको थियो । भारत `ए ´ का लागि धुर्ब चन्द जुरेलले सर्बाधिक ठुलो योगदान गरेका थिए । ६४ बलको सामना गरेका उनले ७४ रनको योगदान गरे । यस्तै यसभि भुपेन्द्रले ३३ तथा साई भारद्वाज सुदर्शनले ३४ रनको योगदान गरेका थिए ।

बलिङतर्फ नेपालका शेर मल्लले ३ तथा आकश चन्द्ले २ र प्रतिश जिसि र हरि बहादुर चौहानले समान २/२ विकेट हात पारे ।

अब नेपालले आफ्नो तेस्रो खेलमा आउँदो शुक्रबार भारत ‘बी” सँग प्रतिष्पर्दा गर्नेछ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *