onlinekhelkhabar.com

Complete website for Nepali Sports News

भारत `ए ´ बाट नेपालसामु ठूलो विजयी लक्ष्य

काठमाडौं ( अनलाइन खेलखबर ) | भारतमा जारी एकदिवसिय यु -१९ च्यालेन्जर ट्रफी अन्तर्गत अहिले नेपालले भारत ` ए ´ सँग प्रतिष्पर्दा गरिरहेको छ ।

भारतको हैदराबादस्थित राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा नेपालले ट्स जितेर घरेलु टोली भारत `ए ´ लाई सुरुमा ब्याटिङको निम्तो दिएको थियो ।

त्यसपछि सुरुमा ब्याटिङ गरेको भारत `ए ´ ४८.२ ओभरमा अलआउट हुँदै २ सय ४७ रन बनाउँन सफल भएको छ ।

भारत `ए ´ का लागि धुर्ब चन्द जुरेलले सर्बाधिक ठुलो योगदान गरेका थिए । ६४ बलको सामना गरेका उनले ७४ रनको योगदान गरे ।

यस्तै यसभि भुपेन्द्रले ३३ तथा साई भारद्वाज सुदर्शनले ३४ रनको योगदान गरेका थिए ।

बलिङतर्फ नेपालका शेर मल्लले ३ तथा आकश चन्द्ले २ र प्रतिश जिसि र हरि बहादुर चौहानले समान २/२ विकेट हात पारे ।

अब भारत `ए ´ ले दिएको २ सय ४८ रनको विजयी चुनौतीलाई पछ्याउँदै अबको केही समयपछि नेपालले जवाफी ब्याटिङ गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्