ईमर्जिङ एसिया कपको ट्रफी सार्वजनिक
काठमाडौं ( अनलाइन खेलखबर ) || आउँदो बिहिबार देखि मंसिर ७ गतेसम्म बंगलादेशमा हुन गईरहेको ईमर्जिङ एसिया कपको ट्रफी सार्वजनिक गरिएको छ ।
मंगलबार प्रतियोगितामा सहभागी जनाउँने ८ टिमका टिम कप्तानको उपस्थितिमा ट्रफीलाई सार्वजनीक गएको हो ।
ज्ञानेन्द्र मल्लको नेतृत्वमा रहेको नेपाली क्रिकेट टिम अहिले बंगलादेश पुग्ने क्रममा रहेका छ्न ।
टिममा मल्लसहित दीपेन्द्र सिंह ऐरी, शरद भेषवकर, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, रोहित कुमार पौडेल, ललित नारायण राजवंशी, पवन सरार्फ, सन्दीप जोरा, सुसन भारी, इशान पाण्डे, मोहम्मद आरिफ शेख, अभिनाश बोहोरा र कुशल भुर्तेल रहेका छ्न ।
टिमका दुई अनुभवी खेलाडी सन्दिप लामिछाने र पारस खड्का भने टिममा छैनन । उनिहरु सोहि समयमा युएईमा हुने टि -१० लिगमा सहभागी हुनेछ्न ।
यसअघि यस प्रतियोगितामा नेपाल नभएपनी युएईले अन्तिम समयमा आएर नखेल्ने भएपछि त्यसको ठाउँमा नेपाललाई मौका दिएको हो ।
यस्तै प्रतियोगिताको सार्वजनिक खेल तालिका अनुसार नेपाल समूह` बि´ मा रहेको छ । जसमा नेपालसहित भारत , हङकङ र आयोजक बंगलादेश रहेको छ ।
भने अर्को समूह` ए ´ मा श्रीलंका , अफगानिस्तान , पाकिस्तान र ओमान रहेका छ्न ।
समूह चरणबाट शिर्ष दुई टिम सेमिफाइनल पुग्नेछ्न ।
नेपालले प्रतियोगिताको सुरुवात आउँदो बिहिबार भारतबिरुद्द खेल्दै गर्नेछ भने दोस्रो खेलमा नेपालले कार्तिक ३० गते हङकङसँग खेल्नेछ भने समूहको अन्तिम खेलमा मंसिर २ गते नेपालले आयोजक बंगलादेशको सामना गर्नेछ ।