एलपिएलको उपाधि लिटल फ्लावरलाई

एलपिएलको उपाधि लिटल फ्लावरलाई

काठमाडौं( अनलाइन खेलखबर ) | धनगढीमा भएको निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिगको चौथो संस्करणको उपाधि लिटल फ्लावर स्कुल धनगढीले उचालेको छ ।

मगंलवार भएको फाइनलमा काठमाडौंको हिमालयन ह्वाइट हाउसलाई ९ विकेटले पराजित गर्दै लिटल फ्लावर प्रतियोगिताको च्याम्पियन बनेको हो ।

धनगढीस्थित संघीय प्रहरीको मैदानमा भएको फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको हिमालयनले निर्धारित २० ओभर पुरै खेल्दै ८ विकेट गुमाएर १ सय ३७ रनको योगफल खडा गरेको थियो ।

हिमालयनका लागि दिपक बोहराले सर्वाधिक ३४ रनको योगदान गरे भने सुमित श्रेष्ठले २५ र सुदिप बस्नेतले १८ रन बनाए ।

बलिङतर्फ लिटल फ्लावरका लागी दिपक रोकाया र अनुराग सिंहले समान २/२ विकेट लिदाँ विपिन रावलले पनि एक विकेट हात पारे ।

त्यसपछि हिमालयनले दिएको १ सय ३८ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको लिटल फ्लावरले १८.१ ओभरमा मात्र १ विकेट गुमाएर उक्त चुनौतीलाई पूरा गरेको थियो ।

लिटल फ्लावरका लागि सुबोध ऐरले सर्बाधिक ठूलो पारी खेल्ने क्रममा अविजित ६८ रन बनाएका थिए ।

सुबोध बाहेक टिमका लागि कप्तान विपिन रावलले पनि ४८ रनको योगदान दिएका थिए ।

बलिङतर्फ हिमालयनका विक्रम ठगुन्नाले १ विकेट लिए ।

विजेतासँगै लिटल फ्लावरले नगद २ लाख प्राप्त गर्दा हिमालयनले एक लाख प्राप्त गर्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *