onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

जित नजिक पुगेको मुख्यमन्त्री -११ एमसीसीसँग पराजित

काठमाडौं ( अनलाइन खेलखबर ) | नेपाल भ्रमण अन्तर्गत अन्तिम खेलमा विश्वको सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलिबोन क्रिकेट क्लब (एमसीसी)ले रोमान्चक बनेको खेलमा पोखराको टिम मुख्यमन्त्री-११ लाई ४ रनले पराजित गरेको छ ।

खेलमा एमसीसीले दिएको १ सय ४३ रनको विजयी चुनौतीलाई पछ्याउदै जवाफी ब्याटिङ गरेको मुख्यमन्त्री-११ ले निर्धारित २० ओभर पुरै खेल्दै ७ विकेटको क्षतिमा १ सय ३८ रनमा सिमित हुन् पुगेपछि रोमान्चक बनेको खेलमा अन्तत मुख्यमन्त्री -११ पराजित हुन पुग्यो ।

मुख्यमन्त्री-११ का लागि अनिल गुरुङले सर्बाधिक ठुलो पारी खेल्ने क्रममा ४० रनको योगदान गरे । भने विशाल पौडेलले २६ रन तथा गोविन्द प्रधानले २४ रनको योगदान गरेका थिए ।

बलिङतर्फ एमसीसीका लागि एड योङले सर्बाधिक ४ विकेट लिएका थिए भने टम वेस्ट्लीले २ र माइल्स हामान्डले १ विकेट लिन सफल भएका थिए ।

त्यसअघि पोखरा रंगाशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको एमसीसीले निर्धारित २० ओभर पुरै खेल्दै ६ विकेट गुमाएर १ सय ४२ रन योगफल खडा गरेको थियो ।

एमसीसीका लागि यासिर अराफातले अर्धशतकीय पारी खेल्ने क्रममा ५६ रन बनाएका थिए | २८ बलको सामना गरेका उनले ५ छक्का र ३ चौका प्रहार गरेका थिए ।

यस्तै टिमका लागि विल भानडसपार र एड योङले समान २०/२० रनको योगदान गर्दा ओलिभरले १७ रन बनाए ।

बलिङतर्फ मुख्यमन्त्री-११ का लागि विशाल पौडेल, अमृत गुरुङ, सुवास भण्डारी, किशोर महतो र विपिन खत्रीले समान १–१ लिन सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्