गित गाएर उठेको रकमबाट टियु मैदानमा राखियो डस्टबिन !
काठमाडौं ( अनलाइन खेलखबर ) | नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फोहोर ब्यबस्थापनमा सहज होस भनेर सरोज खड्कालगायतका युवा समुहले गित गाएर संकलन गरेको रकमबाट मैदानमा डस्बिन उपलब्ध गराएका छ्न ।
नेपाल भ्रमणमा आएको विश्वको पुरानो क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) को दौरान खेल हेर्न आएका दर्शकहरुले दर्शक बस्ने प्याराफिटमा गरेको फोहोरलाई ब्यबस्थापन गर्न गार्हो परेको अबस्थालाई मध्यनजर गर्दै सरसफाई अभियान्ता सरोज खड्का लगायतको टिमले सोमबार टियु मैदानका कर्मचारीलाई दुई थान डस्बिन उपलब्ध गराएका छ्न ।
डस्बिन हस्तान्तरण पछि अनलाइन खेलखबरसँग कुराकानी गर्ने क्रममा मैदानमा थप डस्बिन पनि ल्याईने आफ्नो तयारी पनि भईरहेको र छिट्टै थप डस्बिन उपलब्ध गराउने आफुहरुको सोच रहेको यस अभियानका अभियान्ता सरोजले बताएका छ्न ।
सोमबार उनिहरुले मैदानका कर्मचारीलाई डस्बिन हस्तान्तरण गरेका थिए । र सो डस्बिनको जिम्मेवारी पनि उनिहरुलाई सुम्पिएका छ्न । अब यी डस्बिन खेलका दौरान मात्र मैदानमा रहने छ्न बाकि समय कर्मचारीहरुले यसको संरक्षण गर्नेछ्न ।
उनले यसबाट आगामी त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलका दौरान दर्शकहरुलाई आफुले प्रयोग गर्ने पानीका बोत्तल र चाउचाउका खोल लगायतका सामाग्रीलाई ब्यबस्थापन गर्न यसले ठूलो भूमिका निर्वाह गर्ने बिश्वास लिएका छ्न ।
उनिहरुले एमसीसीको खेल दौरान मैदानमा केही दिनदेखि थुप्रीएको फोहोरलाई ब्यबस्थापन गर्दै फोहोरमुक्त मैदान बनाएका थिए र बोत्तल र चाउचाउ लगायतका खोलबाट कुरुप बनेको मैदानलाई चिटिक्क बनाउनुका साथै सभ्य र सफा बनाउनका लागि सबैमा सचेतता फैलाउने काम समेत गरेका थिए ।
र दीर्घकालमा पनि यस्तो समस्या नदोरियोस भन्ने उदेश्यका साथ उनिहरुले एमसीसीसँगको अन्तिम खेलका दौरान मैदान बाहिर गित गाउँदै रकम संकलन गरेका थिए र सोही रकमबाट मैदानमा सोमबार डस्टबिन आईपुगेको हो ।