नेपालद्वारा झिनो लक्ष्य प्रस्तुत
काठमाडौं ( अनलाइन खेलखबर ) | भारतको आधिकारिक यु -१९ सिरिज च्यालेन्जर ट्रफीमा नेपालले अहिले आफ्नो पहिलो खेलमा भारतको `सि ´ टिमसँग खेलिरहेको छ ।
भारतको विजयवाडास्थित हैदराबाद क्रिकेट संघको मैदानमा जारी खेलमा ट्स जितेर पहिले ब्याटिङ गरेको नेपालले निकै ब्याटिङ ब्याटिङ गरेपछी ३२.१ ओभरमा अलआउट हुँदै १ सय १६ रनमा सिमित हुन पुगेको छ ।
सुरुवाती अबस्थाबाटै खराब ब्याटिङ गर्ने क्रममा नेपालले दोस्रो ओभरको पाँचौ बलमा ओपनर ब्याट्सम्यान रित गौतमलाई सस्तैमा ५ रनमा गुमाएको थियो ।
त्यसपछि नेपालले दोस्रो विकेटका लागि खड्क बोहरालाई गुमायो ।१४ बलको सामना गरेका उनले १० रन मात्र बनाउन सफल भए ।खडकपछि लोकेश बमपनि १० रन बनाएर आउट हुन पुगे ।
टिमको स्कोर ६.२ ओभर भित्र २८ रन हुँदा ३ महत्वपूर्ण ब्याट्सम्यानलाई गुमाएको नेपालको पारीलाई अरुण एरि र कुशल मल्लले सम्हाल्न खोजेको भएपनी उनिहरु पनि सफल नहुँदा टिम अलआउट हुन पुग्यो ।
अरुणले १३ रन बनाउँदा कुशल मल्लले २६ रनको योगदान गरे जुन पछि ईनिङकै सर्बाधिक ठुलो स्कोर बन्न पुग्यो ।
यी बाहेक हरि बहादुर चौहानले ७ रन , शेर मल्लले १४ रन र प्रतिश जिसिले ११ रन जोडेका थिए ।
बलिङतर्फ भारतका मुस्तफा युसुफ , बिध्याधर , चिनतला , सुभङले र रबि रोसनले समान २/२ विकेट लिन सफल भए ।
अब नेपालले दिएको १ सय १७ रनको सामान्य लक्ष्यलाई पछ्याउँदै भारत `सि ´ ले अबको केही समयपछि जवाफी ब्याटिङ गर्नेछ ।