onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नेपालको ५० रन पूरा

काठमाडौं ( अनलाइन खेलखबर ) | भारतको आधिकारिक यु -१९ सिरिज च्यालेन्जर ट्रफीमा नेपालले अहिले आफ्नो पहिलो खेलमा भारतको `सि ´ टिमसँग खेलिरहेको छ ।

भारतको विजयवाडास्थित हैदराबाद क्रिकेट संघको मैदानमा जारी खेलमा ट्स जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले ताजास्थितिमा १२ ओभरमा ३ विकेटको क्षतिमा ५० रन पूरा गरेको छ ।

टिमले ५० रन पूरा गरेपनी टिमको प्रदर्शन सन्तोषजनक रहेन । जारी खेलमा दोस्रो ओभरको पाँचौ बलमा नेपालले ओपनर ब्याट्सम्यान रित गौतमलाई सस्तैमा गुमाउने क्रममा ५ रनमा गुमाएको थियो ।

त्यसपछि नेपालले दोस्रो विकेटका लागि खड्क बोहरालाई गुमायो ।१४ बलको सामना गरेका उनले १० रन मात्र बनाउन सफल भए । खडकपछि लोकेश बमपनि आउट हुन पुग्दा टिम अहिले दबाबमा रहेको छ । लोकेशले पनि १० रन जोडे ।

६.२ ओभरमा टिमको स्कोर २८ रन हुँदा तीन महत्वपूर्ण ब्याट्सम्यान गुमाईसकेको नेपाल अहिले दबाबमा रहेको छ ।

मैदानमा अहिले अरुण एरि र कुशल मल्लले ब्याटिङ गरिरहेका छ्न ।

प्रतिक्रिया दिनुहोस्