onlinekhelkhabar.com

Complete website for Nepali Sports News

प्रधानमन्त्री कप एकदिवसीय क्रीकेट प्रतियोगिता : तेस्रो दिन , प्रदेश ३ द्रारा प्रदेश नम्बर ६ , ३ विकेट ले पराजित

जेठ १५ , अनलाईन खेलखबर || राजधानि मा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रीकेट प्रतियोगिता को तेस्रो दिनको किर्तिपुर मा सप्पन्न खेल मा प्रदेश ६ , प्रदेश ३ सगँ ३ विकेट्ले पराजित भएको छ ।।

त्रिवि क्रीकेट मैदान कीर्तिपुर मा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ६ ले ४७.४ ओवर मा अलआउट हुँदै १ सय ७८ रन बनाएको थियो । प्रदेश ६ ले १७८ स्कोर बनाउने क्रममा कप्तान रबिन्द्र जङ्ग शाही र दिवान पुन ले समान अर्धसतकिय ५२/५२ रनको पारी खेले , कप्तान शाही ले ७९ बलको सामना गर्दै ५ चौका समेत प्रहार गरेका थिए । यस्तै टेक सलामि ले २६ रन , बिजय बिस्ट ले १३ रन , प्रकाश जैशी ले ९ रन , दिपेश पुन ले ७ रन बनाउदा ललित प्याकुरेल र निश्चल रावल ले क्रमश : ६ र २ रन बनाएका थिए ।

बलिग तर्फ भने प्रदेश ३ का किशोर महतो र जितेन्द्र सिँह ठकुरी ले समान २/२ विकेट लिए भने रुपेश श्रीवास्तब , सागर ढकाल र आदिल खान ले १/१ विकेट लिएका थिए ।

१ सय ७९ रनको लक्ष्य पछ्याएको प्रदेश ३ ले ३६.३ ओवर मा ७ विकेट गुमाएर भेटायो । प्रदेश ३ को जित मा किशोर महतो को अबिजित २५ रनको पारी महत्त्वपूर्ण रहयो भने रुपेश श्रीस्वास्तब ले ३९ रनको योगदान गरेका थिए । साथै ईशान पान्डे ले २३ रन , सन्जय बस्नेत ले २० रन र आदिल खान ले ३१ रनको पारी खेल्दै टिम लाई जित दिलाए ।

बलिग तर्फ भने प्रदेश नम्बर ६ का लागि चन्द बिसि ले सर्बाधिक ६ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्