नेपालमा पहिलो पटक दुई दिवसिय क्रिकेट प्रतियोगिता हुँदै

नेपालमा पहिलो पटक दुई दिवसिय क्रिकेट प्रतियोगिता हुँदै

काठमाडौं ( अनलाइन खेलखवर ) | काठमाडौंमा रहेको नेपालको चर्चित तथा प्रतिष्ठित क्रिकेट एकेडमी ग्रेट हिमालय क्रिकेट एकेडेमीको आयोजनामा काठमाडौंमा दुई दिवसिय क्रिकेट प्रतियोगिता `हिमालय क्रिकेट लिग ( एचसिएल ) हुने भएको छ ।

लामो ढाँचाको यस प्रतियोगिता आउँदो पुस १९ देखि माघ ४ गतेसम्म मुलपानी क्रिकेट मैदानमा हुने भएको छ ।

जसमा यु -१९ का कुल ६ टिमको सहभागीता रहने छ । निजिबाट गर्न लागिएको नेेपालको यो पहिलो दुईदिवसिय प्रतियोगितालाई दुई समुुूहमा  विभाजन गरि सन्चालन गरिने आयोजकले जानकारी गराएको छ ।

आईतबार काठमाडौंमा आयोजक ग्रेट हिमालय क्रिकेट एकेडेमीलले पत्रकार सम्मेलन गरि युवा खेलाडीलाई यस किसिमको खेलको अनुभव दिलाउँदै भबिस्यको लागि तयार गर्ने उदेश्यले यस किसिमको प्रतियोगिता गर्न लागिएको जानकारी गराएको थियो ।

प्रतियोगितामा कुल ५० लाख नगद लागत लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताको विजेता , उप – विजेता र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई नगद पुरस्कार सहित ट्रफी मेडल प्रदान गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *