हजारौं दर्शकहरुले सात युवाको अनुरोधलाई मान्दा फोहोरमुक्त टियु मैदान …

हजारौं दर्शकहरुले सात युवाको अनुरोधलाई मान्दा फोहोरमुक्त टियु मैदान …

काठमाडौं ( अनलाइन खेलखबर ) | नेपाल भ्रमणमा रहेको विश्वको सबैभन्दा पुरानो क्लबमध्यको एक एमसिसिको काठमाडौंमा तय भएको खेलहरु समाप्ति सँगै शनिबार भएको खेलको दौरान भने छुट्टै अर्थपूर्ण कुरा भईरहेको पाईएको थियो ।

अघिल्लो दिन केही दिनदेखि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा थुप्रीएको फोहोरलाई सरोज खडका लगायत ७ जना युवाले मैदानको दर्शक बस्ने प्याराफिटतर्फ रहेको फोहोरलाई ब्यबस्थापन गर्दै फोहोरमुक्त मैदान बनाएका थिए र बोत्तल र चाउचाउ लगायतका खोलबाट कुरुप बनेको मैदानलाई चिटिक्क बनाएका थिए ।

र सो कामलाई आफ्नो सामाजिक सन्जालमार्फत सार्वजनिक गरेपछी हामीलगायत केही अनलाइन सन्चारमाध्यमले सर्हानिय काम भन्दै उनिहरुको रचनात्मक काम लाई प्रकाशित गरेपछी त्यसले व्यापक सकारात्मक चर्चा पाएको थियो ।

र त्यही चर्चाले गर्दा पनि हुन सक्छ शनिबार भने खेल हेर्न आएका दर्शकहरु सझक हुँदै आफुले खाएको पानीका बोत्तल र चाउचाउका खोलहरुलाई आफै ब्यबस्थित गरेका थिए ।

हजारौं सङ्ख्यामा खेल हेर्न आएका दर्शकहरुमा भने आज सचेतना आएको प्रष्ट देखिन्थ्यो ।

खेलपछि मैदान अगाडी भेटिएका सरसफाई अभियन्ता सरोज खड्का खुशी मुद्रामा देखिन्थे “ हामी ले गरेको कामलाई सबैले सकारात्मक लिदै आज त्यस कुरालाई ध्यानमा राख्दै सचेत देख्दा आफ्नो अभियान सफल भएको अनुभुत भईरहेको बताएका थिए ।

हामीहरुले त एउटा सचेतता मात्र गरेका हौं ,त्यसले आज काम गरेको छ । एक दिन भित्र यत्रो सफलता पाउँदा आफुहरुलाई पनि खुशी लागेको भन्दै दर्शकहरुलाई पनि यस अभियानमा जोडिएकोमा धन्यवाद समेत दिएका थिए ।

र शनिबार सरोजलगायत अनुप मगर , दीपेन्द्र पाण्डे , आशिष् चौधरी र रिषभ बरालको टिमले मैदानमा डस्फिनको ब्यबस्था गर्न शनिबार मैदान परिषदमा रकम संकलन समेत गरेका थिए ।

गित सुनाउँदै रकम संकलन गरेका उनिहरुले २४ सय ९० रुपैयाँ उठाएका छ्न र यो उठेको रकमबाट मैदानमा डस्फिन उपलब्ध गराउने बताएका छ्न । खेलका दौरान प्याराफिटमा रहने र अन्य समयमा मैदानका कर्मचारीलाई सुरक्षित राख्न आग्रह गर्ने खडकाले बताएका छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *