नेपाली र्राष्ट्रिय क्रीकेट टोलिका उप-कप्तान ज्ञानेन्द्र मल्ल ई-सेवा को ब्रान्ड एम्बेसडर मा नियुक्त
जेठ १५ , अनलाईन खेलखबर || नेपाल को पहिलो ई-पेमेन्ट कम्पनी ई-सेवा को नयाँ ब्रान्ड एम्बेसडर का रुपमा नेपाली र्राष्ट्रिय क्रीकेट टोलि का उप-कप्तान ज्ञानेन्द्र मल्ल नियुक्त भएका छ्न ।
सोम बार राजधानि मा एक कार्यक्रम गरि ई सेवा को मातृ संस्था एफवान सफ्ट का अध्यक्ष बिस्वाश ढकाल र क्रीकेटर मल्ल बिच सम्झौता पत्र मा हस्तान्तरण गरेका थिए ।
ई–सेवाले मल्ललाई आफ्नो दोस्रो र खेलकुदमा पहिलो ब्राण्ड एम्बासडर नियुक्त गरेको हो । यसअघि अभिनेता विपिन कार्की ई–सेवाको ब्राण्ड एम्बासडरको जिम्मेबारीमा छ्न ।
अब सम्झौताअनुसार ज्ञानेन्द्र मल्लले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा ई–सेवाको लोगो भएको ब्याट प्रयोग गर्नेछन् । एक वर्षका लागि भएको सम्झौतामा ई–सेवा ले उनलाई मासिक निश्चित रकम उपलब्ध गराउनेछ । मासिक कति रकम भन्ने बारे मा कम्पनी ले केहि खुलाउन भने चाहेन ।
पछिल्लो केही बर्ष देखि नै ई सेवा नेपाली क्रीकेट सगँ जोडिदै आएको छ , नेपाल का घरेलु लिग होस या अन्तर्राष्ट्रिय क्रीकेट खेल मा अनलाईन टिकेटिङ गर्दै आएको छ भने विभिन्न समयमा सहयोगि को भुमिका समेत निर्बाह गर्दै आएको संस्था हो ।
सम्झौतापत्र मा हस्ताक्षर गरि सकेपछी ज्ञानेन्द्र मल्ल ले छोटो प्रतिक्रिया दिदै ” क्रिकेट खेलेरै जीविकोपार्जन गर्न नसकिरहको अहिलेको परिप्रेक्षमा यसले ठूलो सहयोग र हौसला मिलेको बताए ‘क्रिकेटमा मात्र होइन, समग्र खेलकुदमै पनि खेलाडीहरुले आफ्नो खेललाई पूर्ण समय दिन नसकिरहेको अवस्थामा निजी क्षेत्रले गर्ने सहयोगले आर्थिक रुपमा हामीलाई सजिलो हुन्छ, यसले मैदानबाहिरको तनावलाई कम गर्छ ।’ कार्यक्रममा मल्लले भने ।
यस्तै अध्यक्ष ढकाल ले ईसेवा पछिल्लो ४/५ वर्षदेखि नै नेपाली क्रिकेटसँग जोडिएको स्मरण गराउँदै राष्ट्रिय टोलीका उपकप्तानसँगको सहकार्यले अझ नयाँ उचाइ लिएको विश्वास व्यक्त कार्यक्रम मा गरेका थिए ।