एमसिसीसँग नेपालको लज्जापद हार
काठमाडौ ( अनलाइन खेलखबर ) | नेपाल मिश्रित क्रिकेट टिम नेपाल भ्रमणमा रहेको विश्वको सबैभन्दा पुरानो क्लब मेरिलेवेन क्रिकेट क्लब ( एमसीसी ) सँगको टि-ट्वान्टी खेलमा १ सय १३ रनले पराजित हुन् पुगेको छ ।
एमसीसीले दिएको १ सय ९० रनको विजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको नेपाल १३.१ ओभरमा अलआउट हुदै ७६ रनमा सिमित हुन् पुगेपछि नेपालले एमसीसीसँग ठुलो हार व्यहोरेको छ ।
नेपालले युवा खेलाडीलाई मैदान उत्राएको भएपनि युवा खेलाडीबाट संतोशजनक प्रदर्शन हुन् नसक्दा टिम ठुलो हार व्यहोर्न बाध्य भयो ।
नेपालका लागि राशिद खानले सर्बाधिक १८ तथा सन्दिप जोराले १६ रन , कुशल भुर्तेलले १४ रन बनाउनु बाहेक अन्यले उलेख्य योगदान गर्न नसक्दा टिमले लज्जापद हार व्यहोरेको हो ।
त्यसअघि किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले निर्धारित २० ओभर पुरै खेल्दै ७ विकेटको क्षतिमा १ सय ८९ रन बनाएको थियो ।
एमसीसीका लागि विल्सी जोडलम्यानले सर्बाधिक धेरै रन बनाउने क्रममा अर्धशतकीय पारी खेलेका थिए ।
उनले ५४ रन बनाए भने यस्तै एडी योङले ४२ तथा हिल्स हामोन्डले २८ रनको योगदान गरेपछि टिम बिशाल योगफल खडा गर्न सफल भएको हो ।
बलिङतर्फ नेपालका राशिद खानले ३ तथा सुशन भारी, कमलसिह एरि , जितेन्द्र सिह मुखिया , सुशन भारि र अविनाश बोहराले समान १/१ विकेट हात पारे ।
यसअघि एमसीसीले दुई एकदिवसिय र एक प्रथम श्रेणीको खेल खेलिसकेको छ । जसमा पहिलो एकदिवसियमा एमसीसीले नेपाली यु – १९ टिमलाई ३८ रनले पराजित गरेको थियो ।
भने दोस्रो एकदिवसिय खेलमा नेपालसँग एमसीसीले ५ विकेटले पराजित हुँदा प्रथम श्रेणी क्रिकेटमा भने एमसीसीले नेपाललाई २ सय ८ रनले पराजित गरेको थियो ।
अब नेपाल भ्रमणमा भएको एमसीसी पोखरा जाने कार्यक्रम रहेको छ पोखरामा रहेर एमसीसीले दुई टि-ट्वान्टी खेल खेल्नेछ