नेपालले पायो बिशाल चुनौती
काठमाडौ ( अनलाइन खेलखबर ) | नेपाल भ्रमणमा रहेको विश्वको सबैभन्दा पुरानो क्लब मेरिलेवेन क्रिकेट क्लब ( एमसीसी ) र नेपाल मिश्रितबीचको टि – ट्वान्टी खेल अहिले जारी रहेको छ ।
किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले निर्धारित २० ओभर पुरै खेल्दै ७ विकेटको क्षतिमा १ सय ८९ रन बनाएको छ ।
एमसीसीका लागि विल्सी जोडलम्यानले सर्बाधिक धेरै रन बनाउने क्रममा अर्धशतकीय पारी खेलेका थिए । उनले ५४ रन बनाए भने यस्तै एडी योङले ४२ तथा हिल्स हामोन्डले २८ रनको योगदान गरेपछि टिम बिशाल योगफल खडा गर्न सफल भएको हो ।
बलिङतर्फ नेपालका राशिद खानले ३ तथा सुशन भारी, कमलसिह एरि , जितेन्द्र सिह मुखिया , सुशन भारि र अविनाश बोहराले समान १/१ विकेट हात पारे ।
अब एमसीसीले दिएको १ सय ९० रनको विजयी चुनौतीलाई पछ्याउदै नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।