प्रधानमन्त्री कप , दोस्रो दिन : बर्षा ले प्रभावित खेल मा पुलिस र प्रदेश १ बिजयी
जेठ १४ , अनलाईन खेलखबर || राजधानी मा जारी नेपालको सबैभन्दा ठूलो एकदिवसीय क्रीकेट प्रतियोगिता प्रधानमन्त्री कप को दोस्रो दिनको खेल मा नेपाल पुलिस र प्रदेश नम्बर १ बिजयि भएका छ्न । दुबै खेल लाई आज वर्षा ले प्रभावित गरेको थियो ।
त्रिवि क्रीकेट मैदान किर्तिपुर मा टस जितेर पहिले ब्याटिङ गरेको बिभागिय टोलि नेपाल पुलिस ले निर्धारित पुरै ५० ओवर खेल्दै ६ विकेट गुमाएर ३ सय २४ रनको ठूलो स्कोर खडा गरेको थियो । अनुभवी र र्राष्ट्रिय टोलिका सदस्य हरुको बाक्लो उपस्थिति रहेको बिभागिय टोलि पुलिस ले प्रदेश ७ का बलर माथी हाबी हुँदै ठूलो योगफल खडा गरे । जस मा ओपनर सुनिल धमला ले ११३ बलको सामना गर्दै ९ चौका को मद्दतले अबिजित ८३ रनको पारी खेले , यस्तै आरिफ शेख ले पनि अर्धसतकिय ५६ रनको पारी खेले उनले २ चौका र ५ छ्क्का प्रहार गरेका थिए । भने कप्तान मन्जिल श्रेष्ठ ले ४९ रन , दिलिप नाथ ले २६ रन , दीपेन्द्र सिँह एरि ले २५ रन , कुशल भुर्तेल ले २२ रन बनाउदा सिद्धान्त लोहनी ले २६ रन बनाएका थिए ।
बलिग मा भने प्रदेश नम्बर ७ का शेर मल्ल ले सर्बाधिक २ विकेट लिन सफल भए ।
३ सय २५ रनको ठूलो लक्ष्य पछ्याएको प्रदेश नम्बर ७ ले लक्ष्य पछ्याईरहेको बेला एक्कासी बर्षा हुँदा खेल केही बेर प्रभावित हुन पुग्यो यसपछि खेललाई ३७ ओवर मा घटाउदै नयाँ लक्ष्य ३०५ दिईएको थियो । यसपछि प्रदेश नम्बर पुलिस सामु पुरै निरीह साबित हुन पुग्यो उसका अरुण एरि ले ७० रन बनाउनु बाहेक अन्य ब्याटसम्यान ले दोहोरो रन जोडन सकेनन र टिम पराजित हुन पुग्यो ।
बलिग तर्फ पुलिस का लागि दीपेन्द्र सिँह एरि ले ४ विकेट लिए भने ललित भन्डारी ले २ विकेट लिन सफल भए ।
मुलपानी मा भएको अर्को खेल ।
मुलपानी क्रीकेट मैदान मा भएको आजको अर्को खेल प्रदेश नम्बर १ र २ बिचको खेल मा प्रदेश नम्बर १ ६८ रन ले बिजयी भएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित ५० ओवर पुरै खेल्दै ७ विकेट गुमाएर २ सय २३ रन बनाएको थियो । जस मा सन्दिप ढुङ्गगना ले सर्बाधिक ५१ रन बनाएका थिए भने फिर्दोश अन्सारी ले ३७ रन बनाउदा श्रृवन यादब ले ३४ रन बनाएका थिए ।
बलिग तर्फ प्रदेश २ का ससेद शेख ले सर्बाधिक ४ विकेट् लिए भने मेहबुब आल म ले २ विकेट लिन सफल भए भने हरिनारायण शाह ले १ विकेट लिए ।
२ सय २४ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ मा उत्रिएको प्रदेश नम्बर २ ले १७ ओवर मा ६ विकेट गुमाएर ६७ रन के बनाएको मात्र थियो मैदान मा पानी पर्न गयो यसपछि बर्षा ले प्रभावित खेल मा खेललाई ३४ ओवर मा झारियो नयाँ लक्ष्य २ सय १४ रनको दिइयो । यसपछि प्रदेश २ ३० ओवर मै १ सय ४५ रन मा समेटिदै ६८ रनको पराजित हुन पुगेको थियो ।