पाकिस्तान सुपर लिगका लागि नेपालका पाँच खेलाडीको सिफारिस
काठमाडौं ( अनलाइन खेलखबर ) | विश्व क्रिकेटको चर्चित क्रिकेट लिग मध्यको एक पाकिस्तान सुपर लिगका लागि नेपाल क्रिकेट संघ ( क्यान ) ले नेपालका पाँच खेलाडीलाई ड्राफ्टका लागि सिफारिस गरेको छ ।
अर्को वर्ष फ्रेबेअरी २० देखि २२ मार्चसम्म चल्ने यस सस्करणका लागि क्यानले आईसीसीमार्फत पाकिस्तान क्रिकेट बोर्डलाई नेपालका पाँच खेलाडीलाई सिफारिस गरेको जानकारी गराएको छ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले ड्राफ्टका लागि नेपालका खेलाडी पनि सिफारिस गर्न क्यानलाई अनुरोध गरेपछि क्यानले नेपाली खेलाडीको नाम सिफारिस गरेको हो ।
क्यानले शुक्रबार जारी गरेको प्रेश बिज्ञप्ती अनुसार नेपालका करन केसी , पवन सरार्फ , ललित नारायण राजबम्शी, मोहम्मद आरिफ शेख र विनोद भण्डारीलाई क्यानले सिफारिस गरेको जानकारी गराएको छ ।
यसअघि नेपालका युवा क्रिकेटर सन्दिप लामिछानेले पीएसएल खेलिसकेका छन ।
अघिल्लो संस्करण उनलाई लाहोर कलन्दरले ड्राफ्टमार्फत अनुबन्ध गरेको थियो । गोल्ड क्याटगरिमा रहदै उनले न्युनतम ५० हजार डलर प्राप्त गरेका थिए ।
तर यसपटक कुन टिमबाट खेल्छन त्यो अझै तय भएको छैन । तर पछिल्लो सन्दिपको एकपछि अर्को राम्रो प्रदर्शनले गर्दा यसपटक पनि टिममा अनुबन्धित हुने संभावना भने उच्च रहेको छ ।