onlinekhelkhabar.com

Complete website for Nepali Sports News

नेपाली यु – १९ क्रिकेट टिम आईतबार भारत जाँदै ! टिमलाई क्यानद्वारा विदाई

काठमाडौं ( अनलाइन खेलखबर ) | आउँदो कार्तिक २५ देखि मंसिर १ गतेसम्म भारतमा हुन गईरहेको च्यालेन्जर सिरिजका। लागि नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोलीको आईतबार त्यसतर्फ जाने भएका छ्न ।

फोटो सौजन्य : प्रदिप लामा

टोली सिरिज खेल्न भारत जानुअघि आज एक कार्यक्रमका बीच टोलीलाई विदाई गरिएको थियो ।

टोलीलाई बिदाई नेपाल क्रिकेट संघ ( क्यान ) का सचीव अशोकनाथ प्याकुरेल र आईसीसीका नेपाल प्रतिनिधि रौनक मल्ल लगायतले नेपाली टिमलाई विदाई गरेका थिए ।

भारतको आधिकारिक यु – नाईन्टिन प्रतियोगिता समेत रहेको यस प्रतियोगितामा नेपालले भारत निलो , भारत रातो र भारत पहेलोसँग खेल्नेछ ।

प्रतियोगितामा लिग चरणमा एक आपससँग खेलेपछि शीर्ष दुई टोलीले फाइनलमा भिड्ने छ्न।

प्रतियोगितामा नेपालले कार्तिक २५ गते पहेंलो टिमसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ भने कार्तिक २७ गते रातो र २९ गते निलो टोलीसँग नेपालले प्रतिष्पर्दा गर्नेछ खेल्नेछ ।

नेपाल यू-१९ क्रिकेट टोली

रित गौतम (कप्तान)
लोकेश बहादुर बम
त्रिर्थराज दास
विशाल विक्रम केसी
खडक बहादुर बोहोरा
अभिषेक बस्नेत
हरिबहादुर चौहान
अरुण ऐरी
कुशल मल्ल
विवेक कुमार यादव
सागर ढकाल
तिलकराज भण्डारी
शेर मल्ल
आकाश चन्द
प्रतिस जिसी
गौतम केसी

वैकल्पिक खेलाडी

दिपक बोहोरा
दुर्गेश गुप्ता
निखिल कुमार सिंह
सोनु देवकोटा

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *