नेपाललाई ३९३ रनको लक्ष्य : नेपालको राम्रो सुरुवात
काठमाडौं(अनलाइन खेलखबर )| विश्वको सबैभन्दा पुरानो क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) र नेपालबीचको प्रथम श्रेणी क्रिकेटमा नेपालले ३ सय ९३ रनको लक्ष्य प्राप्त गरेको छ ।
खेलमा ९१ रनको स्थितीबाट तेस्रो दिनको खेल सुरु गरेको एमसीसीले जम्मा ३६ ओभर खेलेर एक सय ८१ रन बनाएपछि एमसीसीले खेललाई डिक्लियर गरेपछी नेपालले यो लक्ष्य प्राप्त गरेको हो ।
अहिले नेपालले ब्याटिङ गरिरहेको अबस्था छ । र लन्चब्रेकसम्म ९ ओभरसम्ममा नेपालले राम्रो सुरुवात गर्ने क्रममा १ विकेट गुमाएर ५१ रन बनाएको छ ।