
प्रथम श्रेणी क्रिकेटको आज अन्तिम दिन : नेपालको हार पक्का
काठमाडौ ( अनलाइन खेलखबर ) | नेपाल भ्रमणमा रहेको विश्वको सबैभन्दा पुरानो क्लब मेरिलेवेन क्रिकेट क्लब ( एमसीसी ) ले प्रथम श्रेणी क्रिकेटमा नेपालमाथि लगभग जित पक्का गरेको छ ।
दोस्रो दिनको समाप्तीसम्म आईपुग्दा एमसीसीमाथि ३ सय २ रनको अग्रता बनाएको छ र त्यो अग्रतालाई आजपनि बढाउने छ किन भन्दा एमसीसीले अघिल्लो दिन पारी सकिएको घोषणा गरेको छैन ।
र एमसीसीले आज बिहान सवा ९ बजेपछि बिहानको सत्रमा ब्याटिङ गर्नेछ र पारी सकिएको घोषणा गर्नेछ त्यसले गर्दा नेपालले एउटा लक्ष्य पाउने छ तर त्यो लक्ष्य नेपालले पूरा गर्न निकैनै कठिन हुनेछ ।
त्यसैले प्रथम श्रेणिको क्रिकेट नेपालको हातबाट गईसकेको छ अब केही चमत्कारी भयो मात्र नेपालले आफ्नो पक्षमा पार्न सक्ने छ होईन भने प्रथम श्रेणी नेपालको हातबाट गईसकेको छ ।
तेस्रो तथा अन्तिम दिनसम्म आईपुग्दा पहिलो दिन ट्स हारेर पहिले ब्याटिङ गर्दै एमसीसीले ७६ ओभरमा ६ विकेट गुमाएर ३ सय ११ रन बनाएको थियो र सोही अवस्थाबाट दोस्रो दिनमा ब्याटिङ गर्दै एमसीसीले ३ सय ६४ रनको योगफल खडा गरेको थियो ।
त्यसपछी नेपालले ब्याटिङ गर्यो र नेपाल अलआउट हुँदै १ सय ५३ रन बनाएपछी नेपाल दोस्रो दिनमा आफ्नो सत्रपछि २ सय ११ रनले पछि पर्दा एमसीसीले फेरि ब्याटिङ गर्दै खेलमा अग्रता ३ सय २ रनले बनाएको छ ।