भारतको शानदार पुनरागमन : दोस्रो खेलमा बंगलादेश पराजित

भारतको शानदार पुनरागमन : दोस्रो खेलमा बंगलादेश पराजित

एजेन्सी – भारत भ्रमणमा रहेको बंगलादेशबिरुद्धको तिन खेलको टि – ट्वान्टी सिरिज अन्तर्गत दोस्रो खेलमा घरेलु टोली भारतले बंगलादेशलाई ८ विकेटले पराजित गरेको छ ।

योसँगै भारतले सिरिजलाई बराबरीमा ल्याएको छ । सिरिजको पहिलो खेलमा भने भारत बंगलादेशसँग ७ विकेटले पराजित हुन पुगेको थियो ।

सिरिजलाई बराबरीमा ल्याउन बंगलादेशले दिएको १ सय ५४ रनको विजयी चुनौतीलाई कप्तान रोहित शर्माको शतकिय पारीको सहयोगमा भारतले १५.४ ओभरमा मात्र २ विकेटको क्षतिमा पूरा गर्यो ।

भारतको जितमा ओपनर ब्याट्सम्यान रोहित शर्मा र शिखर धवनले शानदार सुरुवात दिलाउने क्रममा १ सय १८ रनको ओपनिङ साझेदारी गरे ।

१०.५ ओभरमा पहिलो विकेटका रुपमा पभेलियन फर्किएका शिखर धवनले टिमका लागि ३१ रनको योगदान गरे । ईनामुल ईस्लामको बलमा आउट हुनुअघि २७ बलको सामना गरेका शिखरले ४ चौका प्रहार गरे ।

यस्तै खेलका नायक रोहित शर्माले ८५ रन बनाएर दोस्रो विकेटका रुपमा आउट हुन पुगे । आफ्नो पाँचौ अन्तर्राष्ट्रिय टि – ट्वान्टीमा शतक बनाउन चुकेपनी उनले टिमलाई जिताउन ठूलो भुमिका निर्वाह गरे ।

ईनामुल ईस्लामको बलमा १२.२ ओभरमा क्याच आउट हुन पुगेका रोहितले ४३ बलमा ६ चौका र ६ छ्क्काको मद्दतमा उक्त रन बनाउन सफल भएका थिए ।

यस्तै टिमलाई जिताउन लोकेश राहुल र श्रेयस अय्यरले अबिजित रहदै क्रमश :८ र २४ रनको योगदान गरेका थिए ।

त्यसअघि भारतको राजकोटमा अबस्थित सौराष्ट्र क्रिकेट एसोसिएसन रंगशालामा भएको खेलमा ट्स हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभर पुरै खेलेर ६ विकेटको क्षतिमा १ सय ५३ रन बनाएको थियो ।

बंगलादेशलाई सम्मानजनक स्कोरतर्फ पुर्याउन ओपनर ब्याट्सम्यान लिटन दास र मोहमद नैईमले शानदार सुरुवात दिलाउने क्रममा ओपनिङ ६० रनको साझेदारी गरेका थिए ।

७.२ ओभरमा टिमले पहिलो विकेट्का रुपमा लिटन दासलाई २९ रनमा गुमाएको थियो उनी रन आउट हुन पुगेका थिए । लिटन आउट भएपछी लगत्तै अर्का ओपनर नैइमपनि आउट हुन पुगे ।

३१ बलको सामना गरेका उनले ५ चौकाको मद्दतमा ३६ रनको योगदान गरेका थिए । त्यसपछि मैदान प्रबेश गरेका सौम्या सरकारले पनि ३० रन बनापछी टिम अझ राम्रो स्थितितर्फ अग्रसर भएको थियो ।

त्यसपछि कप्तान महमूदुल्लाहले पनि ३० रनको पारी खेलेपछी टिमले यो योगफल खडा गर्न सफल भएको हो ।

बलिङतर्फ भारतका युजभेन्द्र चहलले २ तथा वासिङटन सुन्दर , दिपक चाहार र खलिल अहमदले समान १/१ विकेट लिएका थिए ।

अब सिरिज अन्तर्गत अन्तिम तथा निर्णायक खेल आउँदो आईतबार नागपुरमा हुनेछ र त्यसपछि यी दुई टिमबीच दुई टेस्ट खेल पनि हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *