onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नेपालबिरुद्द एमसीसीको ३०२ रनको अग्रता

काठमाडौं ( अनलाइन खेलखबर ) | नेपाल भ्रमणमा रहेको ईङल्याण्डको क्लब मेरिलेवेन क्रिकेट क्लब ( एमसीसी ) र नेपालबीच जारी प्रथम श्रेणि क्रिकेटको दोस्रो दिनसम्मको खेल सकिएको छ ।

दोस्रो दिनसम्म आईपुग्दा नेपाल अलआउट हुँदै १ सय ५३ रन बनाएको थियो । र समग्रमा टिम २ सय ११ रनले पछि रहेको अबस्थामा एमसीसीले फेरी ब्याटिङ गर्दै अग्रता खेलमा ३ सय २ रनले बनाएको छ ।

आज भएको सेसनमा नेपालको तर्फबाट बिनोद भण्डारी र सोमपाल कामी र सन्दिप लामिछाने बाहेक अन्यले सम्झना लायक पारी नखेल्दा दोस्रो दिनको आफ्नो पहिलो सेसनमा अल आउट हुन पुग्यो ।

बिनोदले ३६ रन बनाए भने सोमपाल कामीले २६ रनको पारी खेले । त्यसअघि पहिलो विकेटका रुपमा पभेलियन फर्किएका कप्तान ज्ञानेन्द्र मल्ल शून्य रनमा आउट हुँदा अर्का ओपनर ब्याट्सम्यान राजु रिजाल पनि सस्तैमा आउट हुने क्रममा ८ रन बनाए । भने मोहम्मद आरिफ शेखले १० रन र अत्यतिर सन्दिप लामिछानेले ३९ को पारी खेलेका थिए ।

त्यसअघि एमसीसीले १०१.५ ओभरमा अलआउट हुदै ३ सय ६४ रन बनाएको थियो ।

पहिलो दिनको समाप्तिमा ७६ ओभरमा ६ विकेट गुमाएर ३ सय ११ रनबाट सुरु गरेको एमसीसीले दोस्रो दिनमा थप रन थप्दै यो उक्त योगफल खडा गरेको थियो ।

यस्तै बलिङतर्फ नेपालका सन्दीप लामिछाने र करन केसिले समान ३/३ विकेट हात पारे भने सोमपाल कामी र शरद भेषावकरले समान २/२ विकेट हात पारे ।

यसअघि नेपालको राष्ट्रिय टोलीले सोमबार एमसीसीसँग एकदिवसिय खेल खेलेको थियो । उक्त खेलमा नेपाल ५ विकेटले विजयी हुन सफल हुँदा एमसीसीले भ्रमणको पहिलो खेलमा नेपाली यू–१९ टोलीलाई ३८ रनले पराजित गरेको थियो ।

अब यो प्रथम श्रेणीको खेलपछि काठमाडौंमा एउटा् टि – ट्वान्टी खेल खेक्नेछ त्यसपछि टिम पोखरा लाग्नेछ र त्यहाँ स्थानिय टिमसँग दुई टि – ट्वान्टी खेल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्