नेपाल २११ रनले पछि

नेपाल २११ रनले पछि

काठमाडौं ( अनलाइन खेलखबर ) | नेपाल भ्रमणमा रहेको ईङल्याण्डको क्लब एमसीसी र नेपालबीच अहिले प्रथम श्रेणि क्रिकेट अहिले जारी रहेको छ ।

दोस्रो दिनसम्म आईपुग्दा नेपाल अलआउट हुँदै १ सय ५३ रन बनाएको छ । र समग्रमा टिम २ सय ११ रनले पछि रहेको छ अब फेरि एमसीसीले ब्याटिङ गर्ने भएको छ ।

नेपालका लागि बिनोद भण्डारी र सोमपाल कामी बाहेक अन्यले सम्झना लायक पारी नखेल्दा दोस्रो दिनको आफ्नो पहिलो सेसनमा आउट हुन पुग्यो ।

बिनोदले ३६ रन बनाए भने सोमपाल कामीले २६ रनको पारी खेले । त्यसअघि पहिलो विकेटका रुपमा पभेलियन फर्किएका कप्तान ज्ञानेन्द्र मल्ल शून्य रनमा आउट हुँदा अर्का ओपनर ब्याट्सम्यान राजु रिजाल पनि सस्तैमा आउट हुने क्रममा ८ रन बनाए ।

भने मोहम्मद आरिफ शेखले १० रन र अत्यतिर सन्दिप लामिछानेले ३९ को पारी खेलेका थिए ।

त्यसअघि एमसीसी र नेपालबीचको प्रथम श्रेणि क्रिकेटमा एमसीसीले १०१.५ ओभरमा अलआउट हुदै ३ सय ६४ रन बनाएको थियो ।

पहिलो दिनको समाप्तिमा ७६ ओभरमा ६ विकेट गुमाएर ३ सय ११ रनबाट सुरु गरेको एमसीसीले दोस्रो दिनमा थप रन थप्दै यो योगफल खडा गरेको हो ।

दोस्रो दिनमा एमसीसीका लागि यासिर अराफात अबिजित ६५ रनमा योगदान गर्दा एलेक्स थोम्सनले ३० रन जोडे ।

त्यसअघि अघिल्लो दिनमा ट्स हारेर पहिले ब्याटिङ गरेको एमसीसीले पहिलो दिनको समाप्तीमा ३ सय ११ रन बनाएको थियो ।

बुधबार भएको पहिलो दिनमा केही ओभर बाकी रहदै खराब प्रकाशका कारण पहिलो दिनको खेल चाडैं सकिएको थियो ।

सोही अबस्थाबाट आज दोस्रो दिन सुरु भएको थियो । पहिलो दिनमा एमसीसीका लागि विल रोड्सले पहिलो दिनको समाप्तिमा सर्बाधिक ठुलो योगदान गरे । दोस्रो विकेटका रुपमा पभेलियन फर्किएका उनले ७३ रन बनाएका थिए ।

यस्तै माईल्स हामान्ड र विल भानडरसपारले पनि अर्धशतकिय पारी खेल्ने क्रममा क्रमश : ५२ र ५३ रनको योगदान गरेपछी टिमले यो स्कोरतर्फ पुग्न सफल भयो ।

यस्तै टम वेस्टलीले ३९ , एड योङले १७ रन र बिली गोडलम्यानले १० रन बनाए ।

यस्तै बलिङतर्फ नेपालका सन्दीप लामिछाने र करन केसिले समान ३/३ विकेट हात पारे भने सोमपाल कामी र शरद भेषावकरले समान २/२ विकेट हात पारे ।

यसअघि नेपालको राष्ट्रिय टोलीले सोमबार एमसीसीसँग एकदिवसिय खेल खेलेको थियो । उक्त खेलमा नेपाल ५ विकेटले विजयी हुन सफल हुँदा एमसीसीले भ्रमणको पहिलो खेलमा नेपाली यू–१९ टोलीलाई ३८ रनले पराजित गरेको थियो ।

अब यो प्रथम श्रेणीको खेलपछि काठमाडौंमा एउटा् टि – ट्वान्टी खेल खेक्नेछ त्यसपछि टिम पोखरा लाग्नेछ र त्यहाँ स्थानिय टिमसँग दुई टि – ट्वान्टी खेल खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *