
नेपालको खराब सुरुवात : दोस्रो विकेट पनि गयो !
काठमाडौं ( अनलाइन खेलखबर ) | नेपाल र नेपाल भ्रमणमा रहेको ईङल्याण्डको एमसीसीबीच प्रथम श्रेणिको खेल अहिले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान किर्तिपुरमा जारी रहेको छ ।
जसमा दोस्रो दिनको खेल चलिरहँदा नेपालले आफ्नो पहिलो विकेटका रुपमा कप्तान ज्ञानेन्द्र मल्ललाई गुमाईसकेको छ भने भर्खरै शरद भेषावकरलाई पनि टिमले गुमाएको अबस्था छ ।
उनि पाँचौ ओभरको दोस्रो बलमा ४ रन बनाएर आउट हुन पुगे । अहिले नेपालले ८ रन बनाएको छ ।
अहिले मैदानमा राजु रिजाल र मोहम्मद आरिफ शेख रहेका छ्न ।
ट्स हारेर पहिले ब्याटिङ गरेको एमसीसीले १०१.५ ओभरमा अलआउट हुदै ३ सय ६४ रन बनाएको छ ।