onlinekhelkhabar.com

Complete website for Nepali Sports News

एमसीसीको विशाल योगफल

काठमाडौं ( अनलाइन खेलखबर ) |एमसीसी र नेपालबीचको प्रथम श्रेणि क्रिकेटमा एमसीसीले १०१.५ ओभरमा अलआउट हुदै ३ सय ६४ रन बनाएको छ ।

पहिलो दिनको समाप्तिमा ७६ ओभरमा ६ विकेट गुमाएर ३ सय ११ रनबाट सुरु गरेको एमसीसीले दोस्रो दिनमा थप रन थप्दै यो योगफल खडा गरेको हो ।

दोस्रो दिनमा एमसीसीका लागि यासिर अराफात अबिजित ६५ रनमा योगदान गर्दा एलेक्स थोम्सनले ३० रन जोडे ।

त्यसअघि किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा ट्स हारेर पहिले ब्याटिङ गरेको एमसीसीले पहिलो दिनको समाप्तीमा ३ सय ११ रन बनाएको थियो ।

बुधबार भएको पहिलो दिनमा केही ओभर बाकी रहदै खराब प्रकाशका कारण पहिलो दिनको खेल चाडैं सकिएको थियो ।

सोही अबस्थाबाट आज दोस्रो दिन सुरु भएको थियो । पहिलो दिनमा एमसीसीका लागि विल रोड्सले पहिलो दिनको समाप्तिमा सर्बाधिक ठुलो योगदान गरे । दोस्रो विकेटका रुपमा पभेलियन फर्किएका उनले ७३ रन बनाएका थिए ।

यस्तै माईल्स हामान्ड र विल भानडरसपारले पनि अर्धशतकिय पारी खेल्ने क्रममा क्रमश : ५२ र ५३ रनको योगदान गरेपछी टिमले यो स्कोरतर्फ पुग्न सफल भयो ।

यस्तै टम वेस्टलीले ३९ , एड योङले १७ रन र बिली गोडलम्यानले १० रन बनाए ।

यस्तै बलिङतर्फ नेपालका सन्दीप लामिछाने र करन केसिले समान ३/३ विकेट हात पारे भने सोमपाल कामी र शरद भेषावकरले समान २/२ विकेट हात पारे ।

यसअघि नेपालको राष्ट्रिय टोलीले सोमबार एमसीसीसँग एकदिवसिय खेल खेलेको थियो । उक्त खेलमा नेपाल ५ विकेटले विजयी हुन सफल हुँदा एमसीसीले भ्रमणको पहिलो खेलमा नेपाली यू–१९ टोलीलाई ३८ रनले पराजित गरेको थियो ।

अब यो प्रथम श्रेणीको खेलपछि काठमाडौंमा एउटा् टि – ट्वान्टी खेल खेक्नेछ त्यसपछि टिम पोखरा लाग्नेछ र त्यहाँ स्थानिय टिमसँग दुई टि – ट्वान्टी खेल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्